हात्तीपाईले रोगमुक्त नगर बनाउन बेलबारीका ६६ हजारलाइ औषधि खुवाईदै

  • १४ फाल्गुन २०७५, मंगलवार

हात्तीपाईले रोगमुक्त नगर बनाउनमा लागि मोरङको बेलबारी नगरपालिकाले आगामी फागुन १५ देखि आठौ पटक हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउने अभियान सुचारु गर्ने भएको छ ।

हाती पाईले विरुद्ध अभियान चलाईरहेपनि केहि ब्यात्तीलाई लक्षण देखा परेको नगरपालिकानले जनाएको छ । टोल टोलमा गएर औषधी खुवाउछौ मेयर ज्ञानेन्द्र सुवेदीले भने रोग लाग्नु भन्दा लाग्न नदिने गरी औषधी सेवन गरौ । न
बेलबारीका ६६ हजार २ सय ३६ जनालाई औषधी वितरण गर्ने गरी योजना बनाएको स्वास्थय संयोजक सन्तोष बिश्वकर्माले बताए । उनले २ बर्ष भन्दा मुनिका वालवालिका गर्भवति महिला, सात दिनका सुत्केरी तथा सिकिस्त विरामी वाहेकको सवैले औषधी सेवन गर्न मिल्ने समेत उनले बताए । नगरपालिकाले सो अभियानमा ५० जना भन्दा वढि स्वास्थय कर्मी परिचालन गर्ने जनाइएको छ ।
प्रदेश नम्बर १का झापा, मोरङ,ईलाम तथा धनकुटामा आठौ पटक औषधी खुवाईदै छ ।