भाउन्नेमा चाैलागाई प्रतिष्ठानकाे ज्ञानमहायज्ञ सप्ताह पुराण शुरु

पुरणा फागुन १४ देखि २१ गते सम्म चल्ने

  • १४ फाल्गुन २०७५, मंगलवार

केशु विरही, बेलबारी, माेरङ/ चाैलागाई प्रतिष्ठानकाे आयाेजनामा मोरङ बेलबारीमा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज पुराण सुरु भएकाे छ ।
बेलबारी नगरपालिका वार्ड नं ११ भाउन्ने स्थित  चाैलागाई प्रतिष्ठनमा सुरु भएकाे सप्ताह महायज्ञ पुराणकाे संघीय सरकारका कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकालले एक कार्यक्रमवित उद्घाटन गरेका थिए ।
सप्ताह पुराणकाे उद्घाटन गर्दै प्रमुख अतिथि कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकालले पर्यटनकाे संभावना हुँदा हुँदै पनि सिमित वजेटका कारण धेरै काम गर्न नसकेकाे वताए । साथै प्रमुख अतिथि ढकालले धर्मले मानिसलाई अनुसाशनमा बाँध्ने विचार पनि व्यक्त गरेका थिए ।
 बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीले नगरपालिकाले सबै धर्मलाई उत्तिकै महत्व दिने वताईन ।
  प्रचार प्रसार समितिका संयाेजक उत्तम चाैलागाईले कार्यक्रमकाे अाैचित्यमाथि प्रष्ट पार्दै पितृहरुकाे उद्वार तथा धार्मिक पर्यटनलाई प्रवर्धन गर्ने उद्देश्यले आफूहरुले याे सप्ताह ज्ञानमहायज्ञ लगाएकाे वताए ।
साे पुराणकाे उद्घाटन समाराेहमा प्रदेस सांसदद्वय राजकुमार ओझा र सुयर्माराज राई, बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, उपप्रमुख ढाकाकुमारी पराजुली, पूर्व राज्य मन्त्री गाेपी अछामी, चाैलागाई प्रतिष्ठान पूराण आयाेहक समितिका संयाेजक छविलाल चाैलागाई, प्रतिष्ठानका प्रदेस नं १ का संयाेजक अग्निप्रसाद चाैलागाई लगायत जनप्रतिनिधिहरु, राजनैतिक पार्टी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुकाे सहभागिता रहेकाे थियाे ।
२०५१ मा स्थापना भएकाे चाैलागाई प्रतिष्ठानकाे बेलबारी नगरपालिका ११ मा भाउन्ने र लक्ष्मी मार्गकाे विचमा पूर्व पश्चिम लाेकमार्गसंगै जाेडिएकाे क्षेत्रमा धार्मिक वन रहेकाे छ ।
फागुन १४ देखि  २१ सम्म सात दिन चल्ने उक्त श्रीमद्भावगत पुराणमा मुख्य वाचक बालव्यास पं  जयराम भट्टराईकाे रहकाे छ । उद्घाटन पूर्व लक्ष्मीमार्गदेखि प्रतिष्ठानसम्म कलशयात्रा निकालिएकाे थियाे ।