रहेनन् केराबारीकै जेठा र १ सय ४६ सन्तानका पुर्खा, १०८ बर्षको उमेरमा निधन

  • २८ फाल्गुन २०७५, मंगलवार

मोरङको केराबारी गाउँपालिकाका सबैभन्दा जेठा  नागरीक अडीमर्दन थापाको निधन भएको छ ।

१ सय ८ बर्षीय थापाको सोमबार राती आफ्नै निवास केराबारी ६ अमृत चोकमा  निधन भएको परिवारले जनाएका छन्  ।

थापाका तीन छोरा र पाँच वटी छोरी सहित छैटौं पुस्ता अर्थात खनाती खनातीनीसम्मका गरी १ सय ४६ सन्तान छन् । त्यत्तिका सन्तानका पुर्खा भइसकेका थापाकी श्रीमतीको २०४६ सालमा निधन भएको थियो । उनकी दुई छोरीहरुको समेत यसअघि नै निधन भईसकेको छ ।

थापाको मंगलबार सुनसरी स्थित चतरामा दाह संस्कार गरिने थापा परिवारले जनाएको छ।