बेलबारीलाई प्लाष्टिककका झोला मुक्त नगर वनाईदै, प्लास्टिकका बोत्तल पनि निषेधित

  • ७ चैत्र २०७५, बिहीबार

बेलबारी नगरपालिकाले यहि चैत्र १० गतेदेखि कार्यालय परिसरमा वोतलको पानी प्रयोग नगर्ने भएको छ ।

प्लाष्टिकको झोला मुक्त नगर घोषणा गर्ने तयारी गरीरहेको नगरपालिकाले वोतलको पानी समेत नखाने निर्णय गरेको छ ।
सफा र स्वच्छ नगरको परिकल्पनामा नगरपालिकाका लागेेको बताउँदै मेयर ज्ञानेन्द्र सुवेदीले भने ‘आफुले गरेको निर्णय आफैंंबाट गरौ भनेर लागेका हौं ।’

जेष्ठ २२ विश्व वातावरण दिवसमा पलाष्टिक मुक्त नगर घोषणा गर्ने कार्यक्रम तय गरीएको मेयर सुवेदीले बताए ।  सिसा तथा माटाका भाडा प्रयोग गरीने समेत उनले बताए ।
“प्लाष्टिक होईन विकल्प खोजौ, प्रदुषण होईन स्वच्छता रोजौ” भन्ने नारा नै लिएर नगरपालिकाले अहिले विभिन्न गतिविधि गरीरहेको छ । प्लाटिकका झोलाले मानव स्वास्थ्यदेखि वातावरणमा समेत असर पुर्यारहेको भन्दै  मेयर सुवेदीले भने त्यसको विकल्पमा कपडाका झोलाहरु प्रयोग गर्न सकिनेे बताए  । उनले प्लाटिकका झोलाको विकल्प बारे  अन्तरक्रिया, छलफल,अतथा प्रचार प्रसारका कार्यक्रम गरीरहेको समेत बताए ।
जनावारदेखि मानव स्वास्थ्यमा समेत प्लाष्टिकको झोलाले असर पु¥याउने गरेको छ, उनले भने – माटोको समेत उर्वरा शक्ति घटाउदो रहेछ । वाह्य उत्पादनसंँगै आएका प्लाष्टिकको झोला प्रयोगपछि पुन प्रयोगमा ल्याउने गरी काम गरीरहेको सुवेदीेले बताए ।