बेलबारीमा स्रष्टाहरुले मनाए सिर्जनात्मक हाेली : डेढ दर्जनजति रचना वाचन

  • ८ चैत्र २०७५, शुक्रबार

केशु विरही, बेलबारी, माेरङ/ शहरी क्षेत्रमा मानिसहरु साङ्गितिक हाेलीमा झुमिरहेकाे बेलामा पूर्व पश्चिम लाेकमार्गदेखि करिव डेढ किलाेमिटर दुरीमा रहेकाे रमिते पर्यटकीय क्षेत्रमा भने स्रष्टाहरु सिर्जनात्मक हाेली खेल्नमा व्यस्त थिए ।

बेलबारी नगरपालिका वार्ड नं २, लालभित्तीमा रहेकाे रमिते पर्यटकीय क्षेत्रमा बेलबारी र सुन्दरहरैंचा नगरपालिकाका चारवटा साहित्यिक संस्थाहरुले विहिबार एकै ठाउँमा भेला भएर सिर्जनात्मक हाेली मनाएका छन् ।

बेलबारी नगरपालिकाका स्रष्टा समाज, सुनगाभा साहित्य समाज, बेलबारी साहित्य विकास समिति र सुन्दरहरैंचाकाे विराट साहित्य समाजकाे संयुक्त अायाेजनामा अाज भेला भएर सिर्जनात्मक हाेली मनाउने काम भएकाे हाे ।

साे अवसरमा स्रष्टा समाजका अध्यक्ष हर्कमान तामाङ, विराट साहित्य समाजका अध्यक्ष उमनाथ भट्टराई, सुनगाभा साहित्य समाजका अध्यक्ष धनजीत पराजुली, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रेखा सुवेदी लगायतकाे सहभागिता रहेकाे थियाे ।

साे सिर्जनात्मक हाेलीमा ईरान राई, दिपक न्याैपाने, तिला लेकाली, जेवि थुलुङ, गणेश लामा अाँसु, बादलदेवि चाम्लिङ, हीरा खड्का, रमेश निराैला, राजेन्द्र कार्की, अनुप भट्टराई, एमणि अधिकारी लगायतका डेढ दर्जनजति स्रष्टाहरुले अा-अाफ्ना रचना वाचन गरेका थिए ।

स्रष्टा समाजका अध्यक्ष हर्कमान तामाङकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमकाे संचालन भने साहित्य विकास समितिका उपाध्यक्ष एवम् स्रष्टा तीला लेकालीले गरेकी थिईन ।