नेविसंघद्वारा बिराटचोकमा बिरोध प्रदर्शन, सुकुना क्याम्पसका प्रमुखको राजीनामा माग

  • १८ चैत्र २०७५, सोमबार

सुकुना क्याम्पसमा भएका बेतिथिको बिरोध गर्दा आफ्ना कार्यकर्तामाथि सांघातिक आक्रमण भएको भन्दै नेबिसंघ र नेपाली कांग्रेस सम्बद्द नेता कार्यकर्ताले सोमबार बिराटचोकमा बिरोध प्रदर्शन गरेका छन् ।

उनीहरूले  सुकुना बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मीकुमार श्रेष्ठले नैतिकताको आधारमा राजीनामा नदिए गलहत्याएर कुर्सीबाट हटाउने चेतावनी पनि दिएका छन ।

नेबिसंघ क्षेत्र नम्बर ३ को आयोजनामा सोमबार बिराटचौकमा भएको बिरोध र्यालीपछिको सभामा नेपाली काँग्रेसका मोरङ अध्यक्ष डिगबहादुर लिम्बुले शिक्षा ऐनबिपरित दोहोरो सेवा सुबिधा लिने र सोही कुराको बिरोध गर्दा नेबिसंघका बिद्यार्थीहरुमाथि सांघातिक हमला गर्न अखिललाई उक्साउने श्रेष्ठले नैतिकताको आधारमा राजीनामा दिनु उत्तम बिकल्प भएको बताए । उनले अखिलका बिद्यार्थी प्रयोग गरी नेबिसंघका बिद्यार्थीमाथि भएको सांघातिक हमलाको खेद समेत ब्यक्त गरेका छन ।

सभामा नेपाली काँग्रेसका नेता तथा प्रदेश १ का प्रदेश सभा सांसद सुर्यामाराज राई र लोकप्रसाद संग्रौलाले नेकपाको दुई तिहाईको दम्भ देखाउँदै क्याम्पसलाई पार्टी कार्यालय बनाउने र बिरोध गर्दा आक्रमण गर्नेहरुको ज्यादती सहेर नबस्ने भन्दै क्याम्पस प्रमुखले सोही घटनाको जिम्मेवारी लिँदै राजीनामा नदिए गलहत्याएर कुर्सिबाट हुत्याउने चेतावनी दिए ।

उनीहरुले नेबिसंघलाई कमजोर नसम्झिन् चेतावनी समेत दिए । संग्रौलाले यहि क्षेत्रबाट निर्बाचित कानुनमन्त्री भानुभक्त ढकालको यस्तै हर्कत कायम रहे यो क्षेत्रबाट उनी बढारिएर आफै जाने समेत बताए ।
कार्यक्रममा नेबिसंघका पुर्ब पदाधिकारीहरु, क्षेत्र नम्बर ३ का सभापति होमनाथ पोख्रेल लगायतले बोलेका  थिए ।उनीहरूले सुकुना क्याम्पसका केही प्राध्यापक अखिल कार्यकर्ता बनेको भन्दै स्वबियु  चुनाव लड्न चुनौती दिए ।

कार्यक्रम शुरु हुनुअघि नेबिसंघको आयोजनामा भएको र्यालीले क्याम्पसदेखि खोर्साने, क्याम्पसमोड हुँदै क्याम्पसको गेटमा पुगेर नाराबाजी गर्दै बिराटचोकमा पुगी कोणसभामा परिणत भएको थियो । कार्यक्रम नेबिसंघ सुन्दरहरैचाका सभापति गोपाल कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो ।