सहकारी दिवसको अबसरमा धनकुटाका उत्कृष्ट सहकारी र कर्मचारी पुरस्कृत

  • २१ चैत्र २०७५, बिहीबार

राष्टिय सहकारी दिवसको अवसरमा धनकुटामा क्रियाशिल ३ सय १० वटा सहकारी मध्ये उत्कृष्ट सहकारीको रुपमा धनकुटा पाख्रिवास नगरपालिकाको साना किसान कृषक सहकारी संस्था पुरस्कृत भएको छ ।

जिल्ला सहकारी संघ धनकुटाले धनकुटा जिल्लाको उत्कृष्ट सहकारीको रुपमा साना किसान कृषक सहकारी संस्था पाख्रिवासलाई पुरस्कृत गरेको हो । उत्कृष्ठ व्यवस्थापकमा महिला उद्यमी सहकारी संस्था धनकुटाका व्यवस्थापक हिमा निरौला र विभिन्न कार्यक्रममा उत्कृष्ट सहभागीता जनाई प्रर्दशन गरेकोमा सहयोगी बचत तथा ऋण सहकारी संस्था धनकुटा ६ लाई पुरस्कृत तथा सम्मानित गरेको छ ।
उहाहरुलाई राष्टिय सहकारी महासंघका केन्द्रिय सदस्य शिव डागी,नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राई,नेपाल पत्रकार महासंघ धनकुटका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ र जिल्ला सहकारी संघ धनकुटका अध्यक्ष सुन्दरवाबु श्रेष्ठ,कोषाध्यक्ष सावित्रि श्रेष्ठ,सदस्य रेणु श्रेष्ठ लगायतले पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेका छन् ।
जिल्ला सहकारी संघ धनकुटका अध्यक्ष सुन्दरबाबु श्रेष्ठको अध्यक्षतमा संम्पन्न भएको कार्यक्रममा राष्टिय सहकारी महासंघका केन्द्रिय सदस्य शिव डांँगी, नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राई,नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,साझा सञ्चार नेपालका अध्यक्ष भेषराज कट्टटेल लगायतले बोलेका थिए । उनीहरूले सहकारीबाटै समाज रुपान्तरण गर्न सकिने वताउदै अव टोल टोलमा सहकारी अभियान संचालन गर्नुपर्नेमा जोड दिएका थिए ।

धनकुटा टुडिखेलबाट शुरु भएको सहकारीहरुको प्रभातफेरीले बजारको विभिन्न भागहरुको परिक्रममा गरी हुलाकटोलमा पुगी कार्यक्रममा परिण भएको थियो । कार्यक्रममा जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष सुन्दरबाबु श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए । – विजय राई, धनकुटा