राजस्व संकलनमा अब्बल देखियो बेलबारी नगरपालिका, बिकास खर्चमा भने दुर्बल

  • २४ चैत्र २०७५, आईतवार

बेलबारी, मोरङ  / मोरङको बेलबारी नगरपालिकाले लक्ष्य भन्दा वढी राजश्व संकलन गरेको छ ।

चालु आर्थिक वर्षको ८ महिनामा लक्ष्य भन्दा बढी  आन्तरीक राजश्व उठाएको नगरपालिकाले जनाएको छ । ४ करोड ११ लाख पचास हजार लक्ष्य लिएको नगरपालिकाले आन्तरीक श्रोतबाट  ४ करोड ३१ लाख ८४ हजार २४ रुपैया आन्तरीक श्रोतबाट सक्लन गरीसकेको छ ।
सम्पत्ति कर, हाटवजार कर, ब्यवसायिक कर, मालपोत तथा नक्सा पास दस्तुर वापत सो रकम उठेको हो । ‘नक्सा पासबाट २० लाख उठाउने लक्ष्य लिएका थियौ ६८ लाख उठ्यो’ नगरपालिकाका लेखा अधिकृत टेकनाथ रेग्मीले भने  । लेखा अधिकृत रेग्मीका अनुसार सम्पति करमा ६० लाख लक्ष्य लिएकोमा ६८ लाख राजश्व सकलन भएको छ । यो फागुन महिनासम्मको तथ्याक हो ।
नगरपालिकाले विभिन्न शिर्षकमा ८० करोड २ लाख १४ हजार राजश्व सक्लन गर्ने लक्ष्य लिएकोमा ८ महिनाको अवधिमा ४५ करोड ४६ लाख राजश्व सकलन गरेको छ । उक्त रकम ५७ दशमलमव ८२ प्रतिशत हो ।
गत वर्षको तुलनामा भने राजश्व वढी सक्लन भएको नगरपालिकाले जनाएको छ । लक्ष्य अनुसारको राजश्व उठ्ने प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद दाहालले बताए ।  अघिल्ला बर्षहरुको तुलना गर्ने हो भने यो उपलब्धिमुलक भएको उनलेे बताए ।
फागुन महिनासम्मको खर्चको फाँटबारी अनुसार नगरपालिकाले विकास निर्माणमा भने २६ दशमलव १८ प्रतिशत खर्च गरेको छ । पुंँजीगत तर्फ ३८ करोड १५ लाख ९२ हजार १ सय ९९ रुपैयांँ बजेट नगर सभावाट छुट्याएको थियो ।
विकास निर्माण शीर्षकमा बाटो तथा पुल पुलेसाको रकम ८ महिनामा २६ दशमलव १८ प्रतिशत खर्च भएको देखिएको हो । त्यो  अघिल्ला बर्ष भन्दा वढी भएको प्रमुख प्रशासकीय अधिकृत दाहालले बताए ।

कर बढेको भनेर केहि बिरोध पनि भए तर हामीले जनतालाई असर पुर्याउने गरी कर बढाएका छैनौं  मेयर ज्ञानेन्द्र सुवेदीले भने – करका दायरा मात्र बढाएका हौ ।