केराबारीका श्रष्टाहरु संगठित, केराबारी साहित्य तथा कला विकास केन्द्र गठन

  • २७ चैत्र २०७५, बुधबार

साहित्य र कलाको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले केराबारीका साहित्यकार तथा श्रष्टाहरु संगठित भएका छन् ।

मंगलबार भएको एक भेलाले केराबारी साहित्य तथा कला विकास केन्द्र नामक संस्थाको तदर्थ समिति गठन गरेको  हो ।  नवीन थापा क्षेत्रीको अध्यक्षतामा गठित तदर्थ समिति ११ सदस्यीय छ । नव गठित समितिमा युपल रुचाल उपाध्यक्ष, शुक्र आङ्देम्बे आँसु सचिव, युवराज ठकुरी “अज्ञानी” सहसचिव र अस्मिता भट्टराई कोषाध्यक्ष  छन् ।

त्यसैगरी सदस्यहरुमा मोहनप्रसाद बराल, हेम सुवेदी, फुलमाया प्रसाईं (अर्चना), मुना मगर, ललित तामाङ र चन्द्रप्रसाद भण्डारी भण्डारी छन् । त्यसैगरी भेलाले यज्ञ प्रसाद सुवेदी ( सुसेली) को संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । समितिमा बलवहादुर भुजेल, मनोज खड्का, जीवन चेम्जोङ, भक्तशेर लिम्बू, गोकुल थापा नेपाली र किशन शाही  छन् ।
केराबारीको साहित्य तथा कलालाई उठान गर्न उद्धेश्यले गठित केराबारी साहित्य तथा कला विकास केन्द्रले विधान बनाएपछि फेरि भेला गरी बिधान अनुसारको समिति  गठन गर्नेछ ।

साहित्य र कला मार्फत समुन्नत समाज निर्माणका लागि भूमिका निर्वाह गर्ने लक्ष लिएको छ ।