रकम अभाबका कारण निर्माण कार्य नै राेकिने भो बागझाेडा पाेखरीकाे

नगरपालिकाले सहयाेग नगरेकाे स्थानीयकाे आराेप

  • १ बैशाख २०७६, आईतवार

 

केशु विरही, विराटचाेक, माेरङ । आवस्यक रकमकाे अभावमा माेरङकाे सुन्दरहरैंचामा रहेकाे ऐतिहासिक बागझाेडा पाेखरीकाे निर्माण कार्य राेकिने सम्भावना वढेर गएकाे छ ।

पूर्व पश्चिम लाेकमार्गदेखि करिव दुई किलाेमिटरकाे दुरीमा रहेकाे याे पाेखरी निर्माणकाे काम विगत दुई महिनादेखि चलिरहे पनि रकमकाे अभावमा काम नै राेक्नु पर्ने अवस्थामा पुगेपछि स्थानीयहरु दुखित भएका छन् ।

तीन विगाहाजति क्षेत्रफलमा फैलिएकाे याे ऐतिहासिक पाेखरीकाे निर्माण कार्यका लागि प्रदेशबाट २० लाख, राष्ट्रपति चुरे संरक्षण विकास समितिकाे १५ लाख र लाेहान्द्रा -केरावारी साझेदारी वनबाट १० गरी जम्मा ४५ लाख छुट्याईए पनि हालसम्म कतैबाट पनि संझाैता अनुसारकाे रकम नआएको स्थानीयहरु वताउछन् ।

तपाईहरु काम थाल्नुहाेस् रकमकाे समस्या हुन्न भनियाे, संझाैता भएकाे पनि दुई महिना वितिसक्याे, त्यहि संझाैताकै भरमा काम थालियाे तर अहिले आएर यतिका समय वितिसक्दा पनि रकम निकासा गरिएन । रकम निकासा नगरिदिदा आफूहरु काम नै राेक्नुपर्ने अवस्थामा पुगेकाे बागझाेडा संरक्षण समितिका अध्यक्ष चन्द्रबहादुर गुरुङ वताउँछन् ।

पूर्व सांसद समेत रहेका गुरुङका अनुसार पाेखरीमा हालसम्ममा करिव ३३ लाखकाे काम भैसकेकाे छ । दैनिक रुपमा दुईवटा डाेजर लाएर पाेखरीलाई गाेहिर्याउने र तीनवटा ट्रिफरबाट त्यहांँकाे माटाे बाहिर लैजाने काम भैरहेकाे छ । अहिलेसम्म त सापटि गरेर भए पनि काम चलाईदै आएकाे छ तर अब भने उनीहरुलाई तेल हाल्न दिने रकम समेत छैन ।

उनी यस्ताे अवस्था आउंँदासम्म पनि स्थानीय सरकारले साेधखाेज नगरेकाेमा भने झनै दुखित भएकाे वताउछन् ।कि आस्वासन नदिनु, दिएपछि रकमकाे अभाव हुन दिनु नहुने स्थानीय अम्मर गुरुङकाे मत  छ ।

पानीकाे अन्य श्राेत नहुँदा अधिकांश किसानहरु यहि पाेखरीकाे भर पर्छन् । तर विगत दुई महिनादेखि पाेखरीकाे निर्माण हुँदै गर्दा पानीकाे श्राेत थुनिएकाे छ । एउटा मात्र भएकाे पानीकाे श्राेत थुनिदा आफूहरु ठूलाे मर्कामा परेकाे बागझाेडा किस्ती पैनी समितिका अध्यक्ष अर्जुन कार्की वताउँछन् ।

उनी भन्छन्- काम चांँडाे सकिएर पानी खाेलिदिए हुने थियाे तर रकमकाे अभावमा काम राेकिने अवस्था  आएकाे छ ।”