सार्वजनिक भो दिलिप रायमाझी र प्रियंका कार्कीको पहिलो म्यूजिक भिडियो

  • २ बैशाख २०७६, सोमबार

नेपाली चलचित्र जगतका ख्याति प्राप्त नायक दिलिप रायमाझी र नायिका प्रियंका कार्कीको पहिलो म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
नयाँ बर्षकै दिन पारेर बजारमा ल्याईएको हो । प्रेमको प्रस्फुटन हुने बेलामा माया कति मिठो हुन्छ र कर्के नजरले कसरी लठ्ठ वनाउंँछ भन्ने दृष्टान्त भिडियोमा देखाउन खोजिएको छ । दिलिप रायमाझी र प्रियंका कार्कीका छुटाछुटै धेरै म्युजिक भिडियो बजारमा आए पनि यो जोडीलाई नयांँ म्युजिक भिडियोमा छमछमी नाचेको र संगीतमा रमाएको देख्न सकिन्छ ।
यस गीतलाई पहिलो नेपाल आईडलमा लोकप्रिय बनेर दर्शक श्रोताको मन जितेका प्रताप दास र नेपाली गीत संगितमा आफुलाई चम्काईरहेकी गायिका मेलिना राईले स्वर दिएका छन् । दुर्गा खनाल घिमिरेको शब्दलाई बसन्त सापकोटाले मिठो संगित दिएको छन् ।
नेपाली तथा भोजपूरी चलचित्रमा एक्सन डिरेक्सन गरेर आफ्नो नाम चम्काउन सफल चन्द्र पन्तले पहिलो पटक म्युजिक भिडियोमा निर्देशन गरेर सबैको मन जित्ने प्रयास गरेका छन। भिडियोलाई अहिलेका व्यस्त र सफल गम्भीर  बिष्टले कोरियोग्राफी गरेका छन् । D4 Creation ले यस म्युजिक भिडियोलाई युटुव च्यानल मार्फत नयां बर्ष २०७६ को कोसेलीको रूपमा दर्शक श्रोता  बिचमा ल्याएको छ ।