अख्तियारलाई प्रेम सन्जेलको प्रश्न : वालुवाटार बेच्नेहरु भ्रष्टाचारी कि म ? (भिडियो सहित)

  • ८ बैशाख २०७६, आईतवार



तोकिएको कार्यालयमा हाजिर नभएको अवस्थामा पनि खाना, खाजा र प्रोत्साहन भत्ता लिएको आरोपमा उजुरी परेपछि अख्तियारले बोलाएका नेपाल सरकारका उपसचिवका तथा श्रम कार्यालय बिराटनगरका प्रमुख प्रेम संजेलले अख्तियारमा गएर ३ घण्टा लामो स्पष्टीकरण दिएका छन् ।

कर्मचारी र सरकारी कामकाजको बिषयमा खरो अभिव्यक्ति दिने गरेका संजेलले आइतबार टंगालस्थित अख्तियार दुरूपयोग अनुसन्धान आयोग पुुुुगेर स्पष्टीकरण दिएका हुन् । बयानकै लागि काठमाडौ पुगेका उनले आफुले भ्रष्टाचार गरेको प्रमाणित भए टुंडिखेलमा लगेर झुण्डिएर मर्न तयार रहेको बताएका छन् ।

भ्रष्टाचार गर्नु आफ्ना लागि मरिसकेका बाबु आमाको रगत खानु जस्तै भएको भन्दै उनले वालुवाटार बेच्नेहरु भ्रष्टाचारी नहुने अनि म चाहिँ कसरी भ्रष्टाचारी भएँ भन्दै प्रतिप्रश्न गरेपछि बयान लिनेहरु नै अक्क न बक्क भएका थिए ।

छिल्लो समय श्रम कार्यालय, बिराटनगरको प्रमुखका रुपमा कार्यरत् उनलाई सरकारले निर्वाचन आयोगको कार्यालयमा सरुवा गरेको थियो । त्यस क्रममा संजेलले तोकिएको कार्यालयमा हाजिर नभएको अवस्थामा पनि खाना, खाजा र प्रोत्साहन भत्ता लिएको आरोपमा अख्तियारमा उनि बिरुद्ध उजुरी परेपछि पत्र काटिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटेपछि संजेलले अख्तियारमा ३ घण्टा बयान दिएका छन् । बयान दिएपछि संचारकर्मीहरुसँग कुरा गर्दै संजेलले भ्रष्टाचार गर्नु आफ्नो लागि १२ बर्ष अघि मरेका बा आमाको रगत खानु जस्तै भएको बताए । उनले सरकारी कामकाज देखेर आफूलाई स्वयम्  र आफ्नै परिचयपत्रलाई थुक्न मन लाग्ने बताए ।  उनले आफुलाइ भ्रष्टाचारी प्रमाणित गरेर देखाउन अख्तियारलाई चुनौती दिएका छन् ।उनले बालुवाटारको जग्गा निजी बनाउने नेकपा नेताको समेत खुलेर बिरोध गरेका छन् ।