मृतक रिनाका छोराको वयान : ममी र मलार्ई कमल नेपाल भन्ने ब्यक्तिले पैसा पनि दिन्थे (भिडियो सहित)

  • १० बैशाख २०७६, मंगलवार



मोरङको पथरी बजारमा बैशाख ७ गते शनिबार विहानै महिलाको विभत्स शव भेटियो । पथरीशनिश्चरे–१ को बजार क्षेत्रमा नग्न अवस्थामा शव देखिपछि मर्निङवाकमा निस्केका स्थानीयले प्रहरीलाई खबर गरे। नग्न अवस्थामा भेेेेटिएको शव घोप्टो परेको थियो । शवको नजिककै रगत पनि बगिरहेको थियो ।
सुरुमा कसको शव होला भन्ने स्थानीयले अड्कल काट्न सकेनन् । त्यसपछि प्रहरी आएपछि हेर्दा थाहा भो त्यो शब पथरीशनिश्चरे– १ मा डेरा गरी बस्ने २९ बर्षीय रिना
खड्का बस्नेतको रहेेेछ । स्थानीय बीरबहादर बस्नेतको
घरको तेस्रो तल्लामा डेरामा बस्दै आएकी रिनाको हत्या कसरी भयो भन्ने खुल्न सकेको छैन ।

१४ बर्षे छोरा साइमनसँग डेरामा बस्दै आएकी रिना सोही स्थानमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी थिइन् । छोरा साइमन र स्थानीयका अनुसार रिनालाई फोन अत्याधिक आउने गरेको थियो । कमल नेपाल नाम गरेका ब्यक्तिले पटक पटक ममीले फोन गर्ने गरेको छोरा साइमनले बताए । ती ब्यक्तिलाई रिनाले भेटेको र ममी र आफूलाई पैसा पनि दिने गरेको उनले बताए ।जतिचोटी काट्यो त्यति पटक फोन गर्ने गरेको साइमन  बताउँछन् ।

मोबाइल, ट्याप, लुगा किन्नसमेत पैसा दिने गरेको उनले
खुलाए । ममीले अंकल भनेर कमल नेपाललाई चिनाएको र अन्तिममा ५३ भएको नम्बरबाट फोन पटक पटक आउने गरेको उनको भनाई छ । ममीलाई फोनसँगै भिडियो
कलसमेत गर्ने गरेको उनले बताए । ‘भिडियो कल आउँदा ममीले लुकाउनु हुन्थ्यो’ उनले भने–‘मैले थाहा पाउँछु भनेर पटक पटक मोबाइलको लक परिवर्तन
गर्नुहुन्थ्यो ।’

ती ब्यक्तिले नै राती अवरेसम्म ममीलाई फोन गरेको र रीना दिउँसैदेखि तनावमा रहेको छोरा साइमनले वताउँदै आएका छन् । साइमनले ममीले वियर खाएर सुतेको भएपनि राती के भयो भन्ने कुरा आफुलाई थाहा नभएको जनाएका छन् ।

प्रहरीका अनुसार रीनाको शव पोष्टमार्टमका लागि धरान लगिएको भएपनि रिपोर्ट आउन केही दिन लाग्छ । रीनाका श्रीमान सन्तोष वस्नेत वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा छन् ।