बेलबारीमा हुनेभो ‘सुर सप्तक बेलबारी आइडल’, सहभागी हुन आब्हान

  • १३ बैशाख २०७६, शुक्रबार

मोरङको बेलबारीमा ‘सुर सप्तक बेलबारी आइडल’  हुने भएको छ । बेलबारी नगरपालिकाको सहयोगमा स्रष्टा समाज बेलबारीले सुर सप्तक बेलबारी आइडलको आयोजना गर्न लागेको हो ।

आइडलको उपाधि बिजेताले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो उपबिजेताले नगद ७ हजार रुपैयाँ, तेस्रो उपबिजेताले नगद ५ हजार रुपैयाँ, अन्य फाइनल चरण र प्रशिक्षणमा सहभागी सबैलाई प्रशंसापत्र प्रदान गरिने आयोजक स्रस्टा समाजले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

कार्यक्रममा बेलबारी नगरका ११ वटै वडाबाट छनौट कार्यक्रम गरी छनौट हुने दुई दर्जन प्रतिभाहरुलाई थप १ महिनाको बन्द प्रशिक्षण दिइने र त्यस पश्चात उत्कृष्ट १० छनौट गरी सार्वजनिक कार्यक्रम मार्फत प्रतिस्पर्धा गराई सुर सप्तक बेलबारी आइडल छनौट गरिने स्रस्टा समाजका सचिव तथा आइडल कार्यक्रम संयोजक जे.वि. थुलुङले पत्रकार सम्मेलनमा जानकारी दिए ।

फाइनल कार्यक्रममा सहभागीले बेलबारीकै अग्रजहरुका गीत सहित अरु गित गाएर प्रतिस्पर्धा गर्नेछन ।
निर्णयको निश्पक्षतामा र कार्यक्रमको भब्यतामा पुरापुर ध्यान पु¥याइने स्रस्टा समाजका अध्यक्ष हर्कमान तामाङले बताए ।

बैशाख १८ र २१ गते छनौट कार्यक्रम गरी टप टेन छनौट गरिने छ । छनौट भएकाहरुलाइ एक महिनासम्म तालिम समेत दिइनेछ । असार दोस्रो हप्ताभित्र आइडलको फाइनल गरी बिजेता घोषणा गरिने आयोजकले जानकारी दिएको छ । – अनिल बरालबाट