विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर बेलबारीका एक युवाले मनाए जन्मदिन

  • १३ बैशाख २०७६, शुक्रबार

बेलबारी नगरपालिकाका एक युवाले उद्धाहरणिय कार्य गरेर आफ्नो जन्मदिन मनाएका छन ।

बेलबारीमा स्थायी बसोबास गर्ने सनम खतिवडा (राजा) हाल १८ वर्ष लागेका छन । आफ्नो १८ औं जन्मदिनमा उनले वैशाख ७ गते सानो सामाजिक काम गरेर जन्मदिन मनाउने सोच गरेका थिए तर त्यति बेला सबै स्कुल संचालन भइ नसकेकोले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्न पाएनन । त्यसैले उनले आफ्नो जन्मदिनको अवसर पारेर वैशाख १३ गते शुक्रवार बिहान बेलबारी नगरपालिका वडा नम्बर ३ सिजुबारीमा रहेको श्री आधारभुत बिद्यालयमा शैक्षिक सामग्री वितरण गरेका हुन । उनले उक्त विद्यालयमा रहेका ७० भन्दा बढी विद्यार्थीहरुलाई कपि, पेन्सिल, डटपेन, बिस्कुट लगायतका सामग्रीहरु वितरण गरेका छन । आफ्नो परिवार, बेलबारी वडा नम्बर ३ का वडाध्यक्ष, सोही वडाका वडा सदस्य, साथिभाई, समाजसेवीहरुलाई समावेस गराएर उनले आफ्नो जन्मदिन मनाएका छन । उनले आफनो जन्म दिन गरिव तथा असाय वालवालिकासङ्ग खुसि साटेर मनाएका छन ।

अहिलेका युवाहरु बिकृती र बिसङ्ग्ती तर्फ डल्कदै गएको अवस्थामा युवाहरुमा सचेतना जगाउन जरुरी छ त्यसैले पनि मैले मेरो जन्मदिन यसरी मनाएको हु भन्दै उनले बताए । आजको कार्यक्रममा साना नानीहरुको मुहारमा हासो र खुशी देख्न पाए यसैले मलाई आनन्दित बनाएको छ समेत उनले बताए । होटलमा गएर खर्च गर्न भन्दा वालवालिका सग जन्मदिन मनाउदा धेरै खुसि लागेको समेत उनले बताएका छन ।