कसेनीमा बन्नेभो कैलासेश्वर धर्मशाला, बेलबारी ६ मा सामुदायिक भवनको शिलान्यास

  • १५ बैशाख २०७६, आईतवार

बेलबारी नगरपालिका वडा नम्बर ५ कसेनीमा कैलासेश्वर धर्मशालाको उद्घाटन गरीएको छ ।

नगरपालिकाको ३ लाख ५० हजार तथा अन्य संघ संस्था तथा ब्यक्तिहरुको ९ लाख भन्दा वढी लागतमा निर्माण गरिएको धर्मशालाको एक कार्यक्रमका विच बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले उद्घाटन गरेका छन ।

उक्त धर्मशालाको उद्घाटन गर्दै मेयर सुवेदीले बेलबारी नगरपालिकाले सवै जाति धर्म संस्कारको संरक्षणका लागि सहयोग गरिरहेको बताएका छन । १ लाख १ हजार एकसय ११ रुपैया सहयोग गर्ने समसेर वहादुर खत्री, एकलाख ४ हजार एक सय ११ रुपैया सहयोग गर्ने भिमलाल बस्नेत, १ लाख १ हजार १ सय ११ रुपैयांँ सहयोग गर्ने तिन जना सहति उक्त धर्मशाला बनाउन आर्थीक सहयोग गर्ने दाता, जग्गा दाता, आजीवन सदस्यहरुलाई सम्मान समेत गरीएको छ ।

यसैगरी शनिबार नै बेलबारी नगरपालिका वडा नम्बर ६ मा सामुदायिक भवनको शिलान्यास समेत गरीएको छ ।