बित्थामा आफ्नो बदनाम गर्न खोजिएको भन्दै प्रतिबादमा उत्रिए बेलबारी ६ का वडाध्यक्ष

  • १५ बैशाख २०७६, आईतवार

मोरङको बेलबारी ६ कसेनीकी २७ बर्षिया सिर्जना राई (मुना) को मृत्युको बिषयलाइ लिएर आफुलाइ बदनाम गर्न खोजिएको भन्दै बेलबारी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष उदयवहादुर राईले बिज्ञप्ति निकालेर प्रतिबाद गरेका छन् ।

बिज्ञप्तिमा राइले सिर्जनाको गत वैशाख ५ गते  विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको र डाक्टर तथा प्रहरीले पोष्मार्टम नगरी परिवारलाई मृतक सिर्जनाको शब नदिने भएपछि छानबिन गरीयोस् भनेेर आफुुुले चासो लिएको उल्लेख गरेका छन् ।

वडाध्यक्ष उदय वहादुर राईद्धारा हस्ताक्षरीत बिज्ञप्तिमा  वडाका जोसुकै भएपनि असामयिक मृत्युप्रति आफुले चासो राख्नु  वडाध्यक्षको हैसियतले कर्तब्य तथा अधिकार भएको भनिएको छ । वडामा शान्तिसुरक्षा कायम गराउन खोज्दा विभिन्न वहना वहना बनाई झुटा आरोप लगाइएको राइले उल्लेख गरेका छन् ।

मृतकका परिवारले भने सिर्जनाले अत्याधिक मदिरा सेवन गर्ने गरेकाले जण्डिज भएर मृत्यू भएको जनाएका छन । माईति पक्षले हत्या गरेको आरोप लगाएर आफ्नो चरित्र हत्या गर्न खाजेको उनीहरूले आरोप लगाएका छन् ।  मृतक राई वडाध्यक्ष राइकी भतिजि समेत हुन् ।

घटनालाई राजनीतिक रंग दिइंँदै

घट्ना घटेको एक हप्तापछि त्यसले राजनितिक रुप लिन थालेको छ । सत्तापक्षर प्रतिपक्ष विच ६ नम्बर वडामा जुहारी चल्न थालेको छ । परिवारका सदस्यहरुले माईति पक्षले दुख दिएको भन्दै मृतक सिर्जनाको काज किरिया समेत गरेका छैनन् । सिर्जनाका माईति परिवार नेकपाका हुन् भने घरपरिवार काग्रेसका हुन। सृजनाका श्रीमान पर्वतका मामा भनिएका डम्बर नेपाली कांग्रेस मोरङका जिल्ला सदस्य समेत हुन् ।
भिसेरा रिपोट आएको छैन प्रहरी
मृतक सृजना राईको पोष्माटम रिपोट आएपनि भिसेरा रिपोट भने नआएका ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । ‘पोष्टमार्टम रिपोर्ट आएपनि अनुसन्धान जारी राखेका छौं, ईलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख रामकुमार राईले भने – रिपेार्ट आएपछि मात्रै सत्य तथ्य पत्ता लाग्छ ।