बेलबारी मेयरकप २०७६ हुँदै, बिजेताले एक लाख पाउने

  • २८ बैशाख २०७६, शनिबार

बेलबारी, माेरङ/ खेलकुदलाई स्थानीय स्तरमा प्रवर्धन गर्ने उद्देश्यका साथ बेलबारीमा “बेलबारी मेयर कप फुटवल प्रतियाेगिता २०७६” काे संचालन हुने भएकाे छ ।

बेलबारीमा  पत्रकार सम्मेलन गरेर अायाेजक समिति साे जानकारी गराएकाे हाे । बैशाख ३० गतेबाट सुुरु हुने साे प्रतियाेगितामा नगरभरिका विभिन्न ११ वटा टिमकाे सहभागिता रहने बेलबारी मेयर कप २०७६ अायाेजक समितिका सचिव धनराज राई “मिलन”ले वताए ।

“जुट्छ, खेल्छ अनि अघि बढ्छ बेलबारी” नारा लिएकाे प्रतियाेगि दुई चरणकाे रहने, पहिलाे चरणमा बेलबारी नगरभरिका ११ वडाहरु विचकाे प्रतियाेगिता र दाेश्राे चरणमा माेरङका १७ वटै पालिका सहभागिता रहने गरिकाे प्रतियाेगिता संचालन हुने अायाेजकले जनाएकाे छ ।

प्रतियाेगिताका विजेताले १ लाख १ हजार र उपविजेताले ५१ हजार पदक पाउने छन् । साथै प्रत्येक खेलकाे म्यान अफ द म्याचले रु १ हजार ५ सय पाउने छन् ।

प्रतियाेगिताकाे उद्घाटन बैशाख ३० गते दिउसाे २:३० बजे हुने र उद्घाटन बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले गर्ने कार्यक्रम रहेकाे अायाेजकले जनाएकाे छ ।

प्रतियाेगितालाई व्यवस्थित वनाउन हेमकुमार गुरुङकाे अध्यक्षतामा ११ सदश्यीय मेयर कप अायाेजक समितिकाे निर्माण गरिएकाे छ ।