बेलबारी मेयरकपको तेस्रो दिन: वडा नम्बर ११ नम्बर विजयी

  • २ जेष्ठ २०७६, बिहीबार

मोरङको बेलबारीमा जारी मेयर कप फुटवल प्रतियोगितामा बुधवार भएको खेलमा वडा नम्बर ११ बिजयी भएको छ ।

११ नम्बर वडाले २ नम्बर वडालाई शुन्यका विरुद्ध एक गोल गार्दै विजयी भएको हो । खेल सुरु भएको ८ मिनेटमा काशिम राईले गरेको गोलनै ११ नम्बरका लागि फलदायी बन्यो । खेलको म्यान अफ म्याच समेत उनिनै घोषित भएका छन ।

‘जुट्छ, खेल्छ अनि अगाडि बढ्छ बेलबारी’ भन्ने नारा दिएर मेयर कप गरिएको प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । त्यस्तै, उपविजेताले नगद ५१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक समितिका सचिव मिलन राईले बताए ।