बेलबारी मेयरकपमा वडा नम्बर ८ पनि सेमिफाइनलमा

  • ४ जेष्ठ २०७६, शनिबार

मोरङको बेलबारीमा जारी मेयर कप फुटवल प्रतियोगितामा शुक्रवार भएको खेलमा वडा नम्बर ८ बिजयी भएको छ ।

८नम्बर वडाले ६ नम्बर वडालाई ट्राईवेकरमा शुन्यका विरुद्ध एक गोल गर्दै विजयी भएको हो ।यो जित सगै वडा नम्बर ८ सेमि फाइनलमा प्रबेश गरेको छ । गत बर्ष उप बिजेता बनेको वडा नम्बर ८ विजेताको दाबी गर्दै आइरहेको छ ।

‘जुट्छ, खेल्छ अनि अगाडि बढ्छ बेलबारी’ भन्ने नारा दिएर मेयर कप गरिएको हो । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । त्यस्तै, उपविजेताले नगद ५१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक समितिका सचिव मिलन राईले बताए ।