बेलबारी आईडलका सहभागीलाई परिचयपत्र प्रदान, प्रशिक्षण पनि शुरु 

  • ४ जेष्ठ २०७६, शनिबार

केशु विरही, बेलबारी, माेरङ/ स्थानीय कला संस्कृतिकाे जगेर्ना गर्ने उद्देश्यले बेलबारीमा जारी सुर सप्तक बेलबारी अाईडल २०७५ काे प्रक्षिक्षण चरण सुरु भएकाे छ ।

अाज अायाेजित कार्यक्रममा बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीले छनाेटमा परेका प्रतियाेगीहरुलाई सहभागिताकाे परिचयपत्र प्रदान गरेकी थिईन ।

साे कार्यक्रममा पूर्व सांसद एवम् स्रष्टा समाज बेलबारीका अध्यक्ष हर्कमान तामाङ, सङ्गितकर्मी भिम बस्नेत, कलाकार जेवि थुलुङ लगायतकाे सहभागिता रहेकाे थियाे ।

सहभागीलाई सहभागिताकाे परिचय पत्र वितरण गर्दै बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीले कला-साहित्यले सिङ्गाे समाजकाे प्रतिनिधित्व गर्ने भएकाेले नगरपालिकाले याे क्षेत्रकाे विशेष महत्व दिएकाे वताईन ।

स्रष्टा समाजका अध्यक्ष एवम् पूर्व सांसद हर्कमान तामाङले भाैतिक विकासले देशलाई समृद्ध वनाउन नसक्ने वताउँदै भाैतिक विकासका साथसाथै सामाजिक विकासकाे उतिकै महत्व रहेकाेले अाफूहरुले यस्ताे प्रकृतिकाे कार्यक्रमकाे अायाेजना गरेकाे वताए ।

बैशाख १८ र २१ गरेकाे छनाेट चरणबाट छानिएका विभिन्न २७ जना प्रतियाेगीहरुलाई एक महिनासम्म प्रशिक्षण दिने र अान्तरिक प्रतियाेगिताबाट छानिएका १० जनालाई फाईनल प्रतियाेगितामा लैजाने सुर सतक बेलबारी अाईडलका २०७६ का संयाेजक जेवि थुलुङले जानकारी दिए ।

छनाैट चरणबाट अाएका प्रतियाेगिहरुलाई स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरुले प्रशिक्षण दिने पनि अायाेजकले वताएकाे छ ।