वालहिंसा रोक्ने ध्येयले बेलबारी नगरपालिकामा सचेतना कार्यक्रम

  • ७ जेष्ठ २०७६, मंगलवार

बेलबारी नगरपालिकामा वालहिंसा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रम डागिहाट बाल कल्ब संजालको आयोजनामा भएको हो । मेयर ज्ञानेन्द्र सुवेदीले वाल हिसा रहित नगरका रुपमा विकास भइरहेको बताए । उनले वालमैत्री नगरपालिका बनाउनका लागि अभियान चलिरहेको बताए ।

कार्यक्रममा बोल्ने बक्ताहरुले बेलबारीलाई वालहिंसा र वालश्रम मुक्त नगरपालिका बनाउन माग गरे । सो कार्यक्रममा प्रताप कुमार थापा, महेन्द्र सुवेदी, किरण कार्की, बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप कुमार शाह, उपमेयर ढाका कुमारी पराजुली लगायतले बोलेका थिए ।

मेयर सुवेदीका अनुसार वडा वडामा अहिले वाल सजालका समितिहरु वनिरहेका छन् ।  नगरमा पनि समिति बनाए बालमैत्रि नगरका रुपमा विकास गर्ने गरी काम अगाडि बढाइएको छ ।