बेलबारी १ र ८ भिड्ने भए दोस्रो मेयरकपको फाइनलमा

  • ७ जेष्ठ २०७६, मंगलवार

मोरङको बेलबारी ४ स्थित बेतना युनाइटेड खेल मैदानमा जारी मेयर कप फुटवल प्रतियोगितामा बेलबारी ८ फाइनलमा प्रबेश गरेको छ ।

मंगलबार भएको सेमिफानल खेलामा बेलबारी ११ लाई ३ – ० गोल अन्तरले हराउदै वडा नम्बर ८ फाइनलमा प्रबेश गरेको हो । गत बर्षको उपविजेता वनेको वडा नम्बर ८ यो वर्ष पनि फाइनलमा प्रबेश गरेको छ ।

गत बर्षको बिजेता बेलबारी १ यस अघि फाइनलमा पुगिसकेको छ । फाइनल खेल बिहीबार हुनेछ ।

‘जुट्छ, खेल्छ अनि अगाडि बढ्छ बेलबारी’ भन्ने नारा सहित भएको प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । त्यस्तै, उपविजेताले नगद ५१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक समितिका सचिव मिलन राईले बताए ।