तीस वर्षमा तिन पटक आगलागीपीडित भएका भट्टराईलाई बेलबारी नगरले दियो १ लाख

  • १६ जेष्ठ २०७६, बिहीबार

उत्तम पोख्रेल , बेलबारी मोरङ / बेलबारी नगरपालिका वडा नम्बर ९ का आगलागी पिडित कृष्ण प्रसाद भट्टराईका परिवारलाई नगद एक लाख रुपैया आर्थिक सहयोग गरेको छ ।

तीस वर्षमा तिन पटक आगलागी भएका भट्टराईकै घरमा गएर बेलबारी नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नगेन्द्र खडकाले नगद १ लाख बराबरीको चेक हस्तान्तरण गरेका छन् । मेयर ज्ञानेन्द्र सुवेदीको अगुवाईमा भट्टराईलाई राहत वितरण गरिएको बुझिएको छ । आगलागी भएकै दिन नगरपालिकाले ग्यास सिलन्डिर ,चुलो, चामल अन्नपात लत्ता कपडा लगायतका राहत सामाग्रि दिएको थियो ।

२०४६ सालमा पहिलो पटक आगालागी भएको थियो पछि फेरी एक पटक आगो लाग्यो भटराइले भने शरिरमा लगाएको लुगा वाहेका अन्य घर वाट केहि निकाल्न सकिएन । पहिलोपट हरैचामा आगलागी भएको उनले बताए । अहिले बसेकै स्थामा दुई पटक आगोलागिसकेको छिमेकिहरुले बताएका छन । आगलागि वाट ५० लाख मुल्य वरावरको क्षति भएको प्रहरीको अनुमान रहेको छ ।

आगलागीमा १५ तोला सुन सहित अन्नपात, लताकपडा, सहित नगद जलेको प्रहरीले जनाएको छ । यसैगरी स्थानियले १० हजार समेत सहयोग गरेका छन्।