दुई दर्जनभन्दा बढी महिलाले लिए मोतिको माला बनाउने तालिम

  • २० जेष्ठ २०७६, सोमबार

बेलबारी नगरपालिकाले महिलाहरुलाई उद्यमी बनाउन मोतिको माला बनाउने दिन थालेको छ ।

महिलाहरुलाई स्वरोजगार बनाउन तालिम दिएको नगरपालिकाले जनाएको छ । एक हप्ता सम्म दिने तालिममा मोतिको माला बनाउने, पोते बनाउने, हातमा लगाउने बाला चुरा बनाउन सिकाइने जनाइएको छ ।

नगरपालिकाको महिलासाखाले गरेको तालिममा बेलबारीका २५ जना भन्दा वढि महिलाहरुको सहभागिता रहेको छ । महिलाहरुलाई आयमुलक स्वरोजगार बनाउन विभिन्न कार्यक्रमहरु गरिने गरको मेयर ज्ञानेन्द्र सुवेदीले बताए ।