दानी रहेछन् बेलबारीका मेयर, जनयुद्ध प्रतिष्ठानलाई दिने भए ८ विघाहा जमीन
- ३२ जेष्ठ २०७६, शनिबार
मोरङको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले एक सामजिक संस्थालाई ८ विगाह जग्गा दिने घोषणा गरेका छन् ।

जनयुद्ध प्रतिष्ठान नेपाल नामको संस्थालाई उनले बेलबारी बजार नजिकै रहेको जग्गा दिने घोषणा गरेका हुन । जनयुद्ध प्रतिष्ठान नेपाल बेलबारीले जग्गा उपलब्ध गराए विभिन्न कालखण्डमा भएका जनयुद्धलाई समेटेर संग्राहलय, शैक्षिक गतिविधि,स्वास्थ्य सम्बन्धि गतिविधि, पार्क तथा अन्य रोजगार मुलक कार्यक्रम गर्ने भनि पत्र पठाएपछि मेयर सुवेदीले आफनै जग्गा दिने घोषणा गरेका हुन ।
बेलवारी नगरकार्यपालिकाको जेठ ३० गतेको वैठकमा उनले जग्गा दिने घोषणा नै गरेका छन् । कार्यपालिकाको वैठकले मेयर सुवेदीले गरेको काम प्रशंसायोग्य भन्दै निर्णय नै गरिएको नगरपालिकाका प्रबत्ता योगेन्द्र सुवेदीले बताए । सोही जग्गाको मुल्य हाल ८ करोड बराबर पर्ने बताइएको छ ।
हामीले सम्बृद्ध बेलबारीको योजना अगाडि बढाइरहका छौँ मेयर सुवेदीले भने त्यसका लागि जग्गा दिएको हुँ । आफनो गाँउठाँउ बनाउनका लागि जग्गा दिएको उनले बताए । सम्बृद्धिको सपना देख्नेले अरुवाट भन्दा पनि आफुवाट त्यो यात्रा थाल्नुपर्छ मेयर सुवेदीले भने विकासका लागि जहिल्यै पनि लागि पर्ने उनले बताए ।







































































