सुन्दरहरैंचामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, सिद्धार्थ स्कुल प्रथम

  • १ असार २०७६, आईतवार

सुन्दरहरैंचामा भएको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुन्दरहरैंचा १० खोर्सानेमा अबस्थित सिद्धार्थ सेकेण्डरी स्कुल प्रथम भएको छ ।

गछियास्थित खेल मैदानमा भएको प्रतियोगितामा नगरभरिका २५ वटा विद्यालयहरुको सहभागिता रहेको थियो ।  सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख शिवप्रसाद ढकालले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

सो प्रतियोगितामा सुन्दरहरैंचा १० खोर्सानेको सिद्धार्थ सेकेण्डरी स्कुल ६ स्वर्ण, ४ रजत र २ कस्य पदक प्राप्त गर्दै प्रथम भएको छ ।

त्यसैगरी बेलेपुरको जनता मा.वि. ५ स्वर्ण, १ रजत तथा ६ कस्यप प्राप्त गर्दै दोस्रो भएको छ ।  त्यस्तै ४ स्वर्ण, ३ रजत र २ कास्य पदकका साथ विराटचोकको सुकुना मा वि तेस्रो भएको छ ।

बिहीबार र शुक्रबार  संचालन भएका उक्त प्रतियोगितामा रनिङ, भलिबल ,कबडी लङजम्प, हाइजम्प, ट्रिपल जम्प, सटपुट, रिले, ज्बलिङ थ्रो लगायतका खेलहरु समावेस थिए । प्रतियोगितामा ५ सयभन्दा बढी विद्यार्थी सहभागी  थिए ।