धिमालहरुको जात्री पर्वको अबसरमा सोमवार सार्वजनिक बिदा दियो बेलबारी नगरपालिकाले

  • २ असार २०७६, सोमबार

मोरङको बेलबारी नगरपालिकाले प्रदेश नम्बर एकको अल्पसंख्यक जातिका रुपमा रहेको धिमाल जातिको सिर्जात जात्री पर्वको अबसरमा सोमवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

सोमवार धिमाल समुदायको महान चाडका श्रीजात जात्रि पर्वको अबसरमा सार्वजनिक बिदा दिइएको हो । बेलबारी नगरपालिकाले भने धिमाललाई पहिलो जाति घोषणा गरी सकेको छ । बेलबारी र पथरीशनिश्चरे नगरपालिकाले पहिलो जाति घोषणा गरेका छन् ।

धिमाल जातिको जात्री पर्व प्रत्येक वर्ष वैशाख २ गतेबाट सुरु भएर असार २ गते समापन हुने गरेको छ । दुई महिनासम्म मनाइने यो पर्व प्रत्येक वर्ष मोरङको लेटाङ नगरपालिकाबाट सुरु भएर उर्लाबारी नगरपालिका–३ मा भव्य मेला लागेर समापन हुने गरेको छ ।

धिमाल जातिले पुजा आजा गर्ने मन्दिरलाई ग्रामथान तथा महाराजथान भन्ने गरिन्छ । जात्रि पर्वमा ढोल प्रतियोगिता समेत हुने गरेको छ । आफनो मौलिक बाजा ढोल सहित उनिहरु नाच्ने गाँउने समेत गर्छन । राष्ट्रिय पर्वका रुपमा श्रीजात जात्रि पर्व मान्ने गरिएको धिमाल जाति विकास केन्द्र बेलबारीका अध्यक्ष कविन्द्र धिमालले बताए ।

प्रकृतिपुजक धिमालहरु रोगब्याधी नलागोस्, वाली विरुवा लगाउने बेलामा वर्षात होस्, जंगली जनावरले दुःख नदियोस् भन्ने मनो आकाक्षा सहित महाराजथानमा गएर पुजा आजा गर्ने गरेका छन् । पुजा आजा गर्दा रोगब्याध तथा अन्य समस्याहरु समाधान भएको बिश्वासका आधरामा परापुर्वकाल देखीनै उनिहरु यो पर्वलाई विशेष महत्व दिएर मनाउने गरेका छन् ।

धिमाल जातिका महिलाले पेटानि, वोना, नोका लगाउने गरेका छन् भने पुरुषले अल्गी, धावा, धरी, लागाउने गरेका छन् ।धिमाल जातिहरुले विषमाला गछ, काथीमाला, हासुलिपात, हरी, कलि, कुण्डल, नादोइ, नाकमुुन्दि, कानाईला, चन्द्रहार,पाउजु जस्ता गहरगहना लगाउने गरेका छन । उनिहरुको आफनै लिपि भने छैन ।

बेलबारीले भने उनिहरुले लागउने पोषाकलाई समेत पर्यटनको क्षेत्रमा विकास गरिने बताएको छ । उनिहरुले लागउने कपडा आमदानिको स्रोत समेत हो बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले भने तिनिहरुको संरक्ष हामिले गरिरहेका छौ । उनले बेलबारीमा धिमाल होमस्टेको संचालन समेत गरिने बताए ।