बेलबारी गजल महफिल २०७६ हुँदै, राष्ट्रिय स्तरका श्रष्टाहरु पनि सहभागी हुने

  • २ असार २०७६, सोमबार

मोरङको बेलबारी नगरपालिकामा ‘बेलबारी गजल महफिल–२०७६’ हुने भएको छ ।

बेलबारी नगरपालिकाको सहयोगमा कोशी नेपाल मिडियाले राष्ट्रिय चर्चित गजलकारहरुको उपस्थितिमा गजल महफिल–२०७६ आयोजना गर्ने भएको छ ।

कोशी नेपाल टेलिभिजनबाट प्रशारण हुने साहित्य दीप विशेष कार्यक्रम अन्तर्गत बेलबारी गजल महफिल आयोजना गर्न लागिएको कोशी नेपाल मिडियाका सञ्चालक अर्जुन कुलुङ राईले जानकारी दिए ।

आगामी असार ७ गते शनिबार स्थानीय आदिवासी जनजातिको सभाहलमा हुने प्रतियोगितामा रावत, किसान प्रेमी, विराट अनुपम, सुनिता तामाङ, पुरु लम्साल, पुष्प अधिकारी ‘अञ्जली’, वसन्त ओली ‘वसन्ती’, मधु पोख्रेल, विवश वलभद्र कोइराला, अञ्जु स्मारिका, प्रमोद स्नेह, कविता राई, युवराज ठकुरी ‘अज्ञानी’ लगायतका गजलकार सहभागी हुनेछन् ।

यस्तै रिचा लुइटेल, टीका आत्रेय, जि.बि. गजल, तिला लेकाली, प्रकट पंगेनी ‘शिव’, सुन्दर कुरुप लगायतका चर्चित गजलकारहरु कार्यक्रममा सहभागी हुने सञ्चालक राईले जानकारी दिए ।

बेलबारी नगरपालिकाको सहयोग र जेवि थुलुङको सहजीकरण रहने गजल महाफिलले नेपालका राष्ट्रिय स्तरका श्रष्टाहरुलाई एउटै मञ्चमा उभ्याउँदै नेपाली साहित्यलाई संरक्षण गर्ने काममा सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।