सुकुना क्याम्पसको बाह्रौं परिषद बैठक सम्पन्न, नयाँ समिति गठन

  • ३२ जेष्ठ २०७६, शनिबार

मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित सुकुना बहुमुखी क्याम्पसमा सञ्चालक परिषद्को बाहृाैं बैठकले नयाँ संचालक समिति चयन गरेको छ ।

प्रदेश १ का समाजिक विकाश मन्त्री जीवन घिमिरेको प्रमुख आतिथ्यतामा शुक्रबार भएको  परिषद बैठकले निर्बिरोध रूपमा सञ्चालक समिति , लेखा समिति र पुनरावेदन समितिकाे गठन गरेको हो ।

बाहृाैं परिषद बैठकले सुकुना बहुमुखी क्याम्पस सञ्चालन समितिमा केशवप्रसाद अधिकारीकाे अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ ।

समितिकाे उपाध्यक्षमा गाेपालबहादुर थापा चयन भएका छन्  भने सदस्यहरुमा सुरेन्द्रबहादुर थापा, गणेशराज मास्के ,नागेश पाेखरेल, लक्ष्मीप्रसाद फुयाल ,ज्ञानेन्द्र ओझा , नेत्रप्रसाद ढकाल ,पुन्यप्रसाद आचार्य, नरेन्द्र वस्नेत , टीका चापागाईं भट्टराई, विन्दा थापा, ललितबहादुर श्रेष्ठ तथा नारायण प्र चुडाललाई चयन गरिएको पब्लिक क्याम्पस संघ सुकुना क्याम्पस एकाई समितिका सभापति बलराम पाेखरेलले जानकारी दिए ।

त्यसैगरी  चुडामणि तिम्सिनाकाे संयाेजकत्वमा अमृत प्र ढकाल तथा याेगराज काफ्ले रहेको ३ सदस्यीय लेखा समिति पनि चयन गरेको छ ।

त्यस्तै अमृतप्रसाद आचार्यकाे संयाेजनमा मकरानन्द पराजुली , उमेश वस्ती, गाेविन्द फुयांल तथा देवी अाचार्य रहेको पुनरावेदन समिति पनि गठन भएको छ ।  निर्वाचन समितिको तर्फबाट  प्रेमप्रसाद भट्टराई , खगेन्दप्रसाद लुईटेल तथा कल्याणप्रसाद सिटौलाको मुख्य भूमिका रहेकाे थियाे ।

बैठकमा विभिन्न प्रतिवेदनहरु माथि छलफल तथा आ. व.२०७५/७६ काे वार्षिक कार्यक्रम तथा वजेट अनुमाेदन भएको थियो । कार्यक्रममा क्याम्पस प्रमुख लक्ष्मीकुमार श्रेष्ठले क्याम्पसको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक अनुमानित  रु १५ करोड ६८ लाख ३९ हजार ७ सय ८४ रुपैयाँ ६८ पैसा बराबरको आम्दानी र खर्च सहितको बजेट प्रस्तुत गरेका थिए । कार्यक्रममा लेखा समितिका सदस्य दुर्गाप्रसाद गाैतमले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

बाहृाैं बैठककोे पहिलाे चरणकाे कार्यक्रममा करिव २ सय विद्यार्थीहरूलाई विभिन्न संंघ संस्था, क्याम्पस कोष तथा  अन्य स्रोत र माध्यमबाट उपलब्ध  १२ लाख ५ हजार बराबरको छात्रवृत्ति  प्रदान गरिएको थियो ।

कार्यक्रममा सुकुना क्याम्पसका पूर्व क्याम्पस प्रमुख पीतकुमार श्रेष्ठ , प्रदेश सभा सदस्य राजकुमार अाेझा लगायतले शुभकामना मन्तव्य व्यक्त व्यक्त गरेका थिए । सुकुना क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष गोपालबहादुर थापाले स्वागत मन्तव्य राखेको कार्यक्रममा सहायक क्याम्पस प्रमुख चन्द्रमणि राईले कार्यक्रमकाे सञ्चालन गरेका थिए ।