लालभित्तिमा सामुहिक धान रोपाइँ कार्यक्रम सम्पन्न, मेयर अनि उपमेयरले पनि रोपे धान

  • १५ असार २०७६, आईतवार

राष्ट्रिय धान दिबसका अबसरमा आईतबार बिहान बेलबारी नगरपालिका २ लालभित्तिमा सामुहिक धान रोपाइँ कार्यक्रम गरिएको छ ।

बेलबारी नगरपालिकाका मेयर  ज्ञानेन्द्र सुवेदी, उपमेयर ढाकाकुमारी पराजुली, प्रबक्ता योगेन्द्र सुवेदी लगायत धेरै वडाध्यक्षहरु पनि कार्यक्रममा उपस्थित थिए । ठुलो संख्यामा भेला भएका कृषक, जनप्रतिनिधि, नेता लगायतले धान रोपेर धान दिबस अर्थात असार १५ मनाएका हुन्  ।
मोरङको बेलबारी २ गौतम टोलमा आयोजित धान दिबस तथा सामुहिक धान रोपाँई कार्यक्रममा हिलोमा पसेर धान रोप्ने अनि फोटो खिच्नेहरुको होडबाजी नै चले झैँ देखिन्थ्यो ।

धान रोपाइँ कार्यक्रममा आएका मेयर सुवेदीले धानको गावो हालेर कार्यक्रमको उदघाटन गरेका थिए । स्थानीय श्रमजीवि बहुउद्धेश्यीय सहकारी कृषि फार्म प्रा.लि को आयोजनामा भएको सो कार्यक्रममा सञ्चारकर्मीहरु पनि उपस्थित थिए ।