बेलबारी निलो मेयर कपको क्वाटर फाइनलमा, सेमिफाइनलमा पुग्यो केरावारी

  • १६ असार २०७६, सोमबार

उत्तम पोख्रेल / मोरङको बेलबारीमा जारी मेयर कप प्रतियोगितामा बेलबारी निलो र केरावारी विजयी भएका छन् ।

आइतवार भएको पहिलो खेलमा विराटनगर महानगरपालिकालाई १ का बिरुद्ध २ गोल गर्दै बेलबारी नगरपालिका विजयी भएको छ ।

यस्तै दोस्रो खेलमा केरावारी गाँउपालिकाले लेटाङ नगरपालिकालाई १ का विरुद्ध २ गोल गर्दै बिजयी भएको छ । या जितसंँगै केरावारी सेमिफाइनलको यात्रा तय गरेको छ ।

प्रतियोगितामा केराबारी, लेटाङ, विराटनगर, कानेपोखरी, उर्लाबारी, सुन्दरहरैचा, रतुवामाई, ग्रामथान, मिक्लाजुङ र पथरीशनिश्चरेको गरी ११ ओटा स्थानीय तहले भाग लिएका छन् ।

प्रतियोगिताका विजेताले नगद १ लाख ५१ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पाउने छन् । प्रत्येक खेलमा म्यान अफ द म्याचले २ हजार ५ सय, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिल्ड फिल्डर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट स्ट्राइकर, हाइ स्कोरर, उत्कृष्ट प्रशिक्षक र सर्वाेत्कृष्ट खेलाडीलाई नगद ७ हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।