सिंहदेवी युवा समूह लालभित्तिद्वारा एसईई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान

  • ४ श्रावण २०७६, शनिबार

 विगत लामाे समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएकाे श्री सिंहदेवी युवा समूह बेलबारी -२, लालभित्तीले २०७५ काे एसईई उत्तीर्ण गरेका विद्यार्थीहरुलाई सम्मान गरेकाे छ ।

एक कार्यक्रम विच शनिबार वडा नम्बर २ का एसइइ उतिर्ण विद्यार्थीहरुलाइ सम्मानित गरिएको हो । बेलबारी वडा नम्बर २ का वडाध्यक्ष घनश्याम गौतमको प्रमुख आतिथ्यता र क्लबका अध्यक्ष तीर्थबहादुर न्याैपानेकाे अध्यक्षता भएको  कार्यक्रमको संचालन संस्थाका सदस्य विनाेद नेपालकाे रहेकाे थियाे ।

सम्मान कार्यक्रमलाई संवाेधन गर्दै बेलबारी नगरपालिका २ नं वडा अध्यक्ष घनश्याम गाैतमले युवा समूहलाई सामाजिक क्षेत्रमा लागेकाेमा वधाई दिदै समाज विकासमा युवाहरुसँग सहकार्य गरेर अगाडि वढ्न तयार रहेकाे वताए ।

साे कार्यक्रममा बागदेवी सामुदायिक वनका अध्यक्ष फणिन्द्रबहादुर थापा, समुत्थान कृषि सहकारीका अध्यक्ष डिल्लीराम ढकाल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुकाे सहभागिता रहेकाे थियाे ।

२०५४ सालमा स्थापना भएकाे याे समूहले साे क्षेत्रमा सामाजिक कार्यकाे नेतृत्व प्रदान गर्दै आएकाे छ ।