बिराटचोकमा नयाँ कर नितिबारे अन्तरक्रिया, ब्यबशायी र कर अधिकृतबिच सवाल जवाफ
- १२ श्रावण २०७६, आईतवार
मोरङको सुन्दरहरैंचास्थित बिराटचोकमा नयाँ कर निति २०७६ को सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कोशी हरैंचा उद्योग बाणिज्य संघको आयोजनामा संघकै हलमा भएको अन्तरक्रिया कार्यक्रमको सभापतित्व कोशी हरैंचा उद्योग बाणिज्य संघका अध्यक्ष नवराज चापागाईंले गरेका थिए ।
कार्यक्रममा सुन्दरहरैंचा र बेलबारी लगायतका स्थानका उद्योगी, ब्यापारी र ब्यबशायीहरुको उल्लेख्य उपस्थिति थियो । अन्तरक्रिया कार्यक्रममा राजस्व अनुसन्धान बिभाग र आन्तरिक राजस्व कार्यालयका अधिकृतहरुको पनि उपस्थिति थियो ।
नयाँ कर नितिमा समावेश गरिएका केही प्रबधान अब्यबहारिक भएको भन्दै सहभागीहरुले कर अधिकृत र राजस्व अनुसन्धान अधिकृतहरु समक्ष विभिन्न जिज्ञासा राखेका थिए । राजस्व अघिकृत लेखनाथ निरौला र कर अधिकृतले नयाँ प्राबधानबारे प्रष्ट पार्दै उठेका जिज्ञासाहरुको उत्तर दिएका थिए । ब्यापारी र ब्यबशायीले नयाँ कर निति अब्यबहारिक भएको भन्दै बिरोध गरेपनि कर तथा राजस्वका अधिकृतहरुले नयाँ कर नितिबारे भ्रम रहेको बताएका थिए । उनीहरूले रिटेलर र साना ब्यापारी ब्यबशायीलाइ नयाँ नितिले खासै असर नपर्ने दाबी गर्दै कर नितिको बचाउ गरेका थिए ।