पिच भइसक्यो लालभित्ति देवीझोडा सडक, केराबारीका अध्यक्ष र उपाध्यक्षद्वारा उद्घाटन

  • १७ श्रावण २०७६, शुक्रबार

मोरङ केराबारी गाउँपालिका वडा नं ९ कुसुमे र बेलबारी २ (लालभित्ति) को सिमानादेखि देवीझोडा सिरानसम्मको पक्की सडकको उद्घाटन भएको छ ।

केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्की र उपाध्यक्ष शान्तिकुमारी लिम्बूले पक्की सडकको बुधबार संयुक्त रुपमा उद्घाटन गरेका हुन् । केराबारी ९ को कुसुमेदेखि देवीझोडाको सिरानसम्म ५ किलोमिटर तीन सय बिस मिटर लम्बाइको सडक गत बर्षदेखि शुरु भइ हालसालै पिच भैसकेको हो ।

केराबारी गाउँपालिकाले ५ करोड बजेट बिनियोजन गरेकोमा  तीन करोड ३५ लाख रुपैयाँमा कृष्ण कन्ट्रक्सनले पिच गर्ने ठेक्का लिएको थियो । सडक निर्माण भएपछि स्थानीय वासिन्दाहरुलाइ बेलबारी लगायत पुर्व पश्चिम राजमार्गसम्म आवतजावत गर्न सहज भएको छ ।