मोरङमा आनुवांशिक स्रोत संरक्षण र प्रबर्द्धनका लागि छनौट भो केराबारी

  • २६ श्रावण २०७६, आईतवार

स्थानीय स्तरमा रहेका प्राकृतिक तथा जैविक सम्पदा, जडिबुटी, बन्यजन्तु तथा पोष्टिक र औसधिजन्य खाध्यान्न आदिबारे जानकारी लिनेे र सर्वसाधारणलाई जानकारी समेत गराउने उद्देश्यले मोरङ केराबारीमा एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

‘आनुवंंसिक स्रोतमा स्थानीय तहको पहुँच, लाभको बांँडफाँड सम्बन्धी रणनीति तथा कार्ययोजना’ बिषयक तर्जुमा गोष्ठी केराबारीमा सम्पन्न भएको हो  ।

gef नामक संस्थाको सहयोग, LUCN को प्राबिधिक सहयोग तथा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको आयोजना र केराबारी गाउँपालिकाको सह आयोजनामा गोष्ठी गरिएको हो ।

गोष्ठीमा स्थानीय सामुदायिक वनका प्रतिनिधि, वन कार्यालयका प्रतिनिधि, जनप्रतिनिधि लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि र सर्वसाधारणको समेत उपस्थिति थियो । केराबारी गाउँपालिकाकी उपाध्यक्ष शान्ति कुमारी भुजेलको अध्यक्षतामा भएको गोष्ठीमा सहभागीहरुबाट तीन समुह बनाई कार्यक्रमको अन्तिममा केराबारीको आनुबंशिक अबस्थाबारे प्रस्तुतिकरण गरिएको थियो ।