कतारमा समुद्री छालले बगाएर धकुटेली ललितको मृत्यु , श्रीमतीले पनि गरिन् आत्महत्या

  • २८ श्रावण २०७६, मंगलवार

कतारस्थित समुद्रको किनारमा पौडी खेलिरहेको बेला सामुद्रिक छालले तानेर डुब्दा धनकुटाका सामाजिक अभियन्ता ललित लिम्बुको निधन भएको छ ।

सोमबार नुहाउने क्रममा अचानक आएको सामुद्रिक छालले तानेर डुबेपछि उनको मृत्यु भएको हो ।
लामो समयदेखि कतारलाई कर्मथलो बनाएका लिम्बु सामाजिक काममा  सक्रिय थिए । धनकुटा समाज कतारको पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार समेत रहेका लिम्बु दोहामा क्रियाशील अन्य नेपाली सामाजिक संघसंस्थामा पनि आवद्ध थिए । उनको निधनले कतारमा रहेका नेपाली स्तब्ध भएका छन् ।

धनकुटा जिल्ला साङगुरीगढी गाउपालिका वडा न ३ खुवाफोक निवासी ललित एक असल सामाजिक अभियान्ता थिए । धनकुटा सेवा समाज कतारका पुर्ब अध्यक्ष हाल प्रमुख सल्लाहकार ललित लिम्बूको सोमबार  समुद्रमा पौडी खेल्ने क्रममा दुर्घटनामा परी असमायिक दुखद निधन भएको थियो ।

कतारमा श्रीमानको मृत्यु भएको खबरपछि ५ महिनाकी गर्भवती श्रीमतीले पनि छाडिन संसार !
लामो समयदेखि कतारलाई कर्मथलो बनाएका धनकुटाका ललित लिम्बुको कतारमा समुद्रको किनारमा पौडी खेलिरहेको बेला सामुद्रिक छालले तानेर डुब्दा दुखद निधन भयो । उक्त दुखद समाचारले उनको परिवार मर्माहत थिए । त्यो दुःखमा अहिले झन दुख थपिएको छ ।
श्रीमानको कतारमा निधन भयो भन्ने खबर ललितकी श्रीमती टीका लिम्बूले सहन नै सकिनन् । श्रीमानको खबरले उनी यति आहत भईन कि उनले आफै यो संसार छाड्ने निर्णय गरिन । श्रीमती टीका लिम्बूले झुण्डिएर आत्महत्या गरेको धनकुटा समाजका कतारका महासचिव रविन राना मगरले जानकारी दिएका छन ।
टीका एक महिना पहिले कतारबाट नेपाल फर्किएको र ललित पनि नेपाल फर्किने तयारीमा थिए । टीका पाँच महिनाको गर्भवती भएको पनि समाजका महासचिव मगरले बताए । कतारमा रहेको धनकुटा सेवा समाजका पूर्व अध्यक्ष एवं वर्तमान प्रमुख सल्लाहकार रहेका लिम्बू अन्य विभिन्न सामाजिक संस्थामा पनि सक्रिय थिए ।