सुन्दरहरैंचा सिङ्गिङ आईडल २०७६ हुँदै, तीन सयभन्दा बढी सहभागी हुने अपेक्षा

  • २ भाद्र २०७६, सोमबार

सुन्दरहरैंचा, माेरङ/ स्थानीय प्रतिभालाई प्रवर्धन गर्ने उद्देश्यले सुन्दरहरैंचामा पहिलाे पटक “सुन्दरहरैंचा सिङ्गिङ आईडल -२०७६” संचालन हुने भएकाे छ ।

सुन्दरहरैंचा नगरपालिकामा आइतबार पत्रकार सम्मेलन गरेर आयाेजकले उक्त जानकारी गराएकाे हाे ।

भाद्र १३ गतेबाट छनाैट चरणबाट सुरु हुने  यस प्रतियाेगिताकाे फाईनल प्रतियाेगिता भने असाेज ११ गते हुने आयाेजकले जनाएकाे छ ।

प्रतियाेगितामा तीन सयकाे हाराहारीमा सहभागिता रहने आयाेजकले अपेक्षा गरेकाे छ ।

पत्रकार सम्मेलनमा आयाेजक संस्था सुन्दरहरैंचा सास्कृतिक परिवारका अध्यक्ष आनन्द बस्नेतले नगरकै पहिचान जाेडिएकाे यस कार्यक्रमलाई सफल पार्न आफूहरु लागिरहेकाेले सबै तह र तप्काबाट पूर्ण सहयाेगकाे आशा  व्यक्त गरे ।

सुन्दरहरैंचा उद्याेग वाणिज्य सङ्घका अध्यक्ष नवराज चापागाईले नगरकै प्रतिष्ठा जाेडिएकाे कार्यक्रम भएकाेले यसलाई सफल पार्न आफूहरुकाे पूर्ण सहयाेग रहने वताए ।

पत्रकार सम्मेलनमा सुन्दरहरैंचा नगरपालिका वार्ड नं १२ का वडाध्यक्ष राेषन ढकाल, सुन्दरहरैंचा नगर कार्यपालिका सदस्य भक्तकिरण राई, कलाकार जेवि थुलुङ लगायतकाे सहभागिता रहेकाे थियाे ।