बेलबारी जेसिजद्वारा सुरक्षित गर्भपतन सम्बन्धी परामर्स कार्यक्रम संचालन

  • २४ भाद्र २०७६, मंगलवार

बेलबारी, माेरङ/ किशाेरीहरुलाई सुरक्षित गर्भपतन सम्बन्धी ज्ञान दिने अभिप्रायले बेलबारी जेसिसले मंगलबार एकदिने सुरक्षित गर्भपतन सम्बन्धी परामर्स कार्यक्रम संचालन गरेकाे छ ।

बेलबारी उद्याेग वाणिज्य सँघकाे सभाहलमा सम्पन्न उक्त कमर्यक्रममा उद्याेग वाणिज्य संघ बेलबारीका अध्यक्ष एवम् बेलबारी नगरपालिकाका प्रवक्ता याेगेन्द्र सुवेदीकाे प्रमुख अतिथ्यता थियाे ।

साे कार्यक्रममा बेलबारी नगरपालिकाका कार्यपालिका सदस्यद्वय गीता सिवा र विन्दुकला गुरुङ, महिला अधिकार मन्च प्रदेश नं १ का संयाेजक सीता सुवेदी, बेलबारी बहुमुखी क्याम्पसका प्रमुख खगेन्द्रप्रसाद लुईटेल, बेलबारी जेसिसका वर्ष २०१८ का अध्यक्ष राजन प्रसाईं, बेलबारी नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख शन्ताेष विक लगायतकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रमलाई संवाेधन गर्दै प्रमुख अतिथि बेलबारी उद्याेग वाणिज्य सँघका याेगेन्द्र सुवेदीले बेलबारी जेसिसले विगत देखि नै उल्लेखनीय काम गर्दै आएकाे वताए ।

बेलबारी नगरपालिकाका प्रवक्ता समेत रहेका सुवेदीले नगरपालिकाले विद्यालय तहमै यस्ता कार्यक्रम संचालन गर्दै आएकाेले जेसिससँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेकाे वताए ।

तालिमकाे सहजीकरण भने बेलबारी नगरपालिका स्वास्थ शाखा प्रमुख सन्ताेष विक र स्वास्थ परामर्सदाता मनिस सुवेदीकाे रहेकाे थियाे ।

बेवलारी जेसिसका अध्यक्ष दिपेन्द्र खुलालकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे संचालन भने जेसि भूवन कार्कीकाे रहेकाे थियाे ।ल