नगरले एक वडा एक उत्पादनको निति लिएसँगै लिची र सुपारीका बिरुवा बाँढ्दै बेलबारी ९ र ४

  • २ आश्विन २०७६, बिहीबार

बेलबारी नगरपालिका वडा नम्बर ९ ले लिचि बाँंड्ने कार्यक्रम अगाडि सारेको छ ।

एक वडा एक उत्पादनको निति नगरले लिए सगै ९ नम्बर वडामा १ हजार लिचिका विरुवा कृषकलाई बाँडिएको छ । पहिलो चरणमा एक घर एक विरुवाको निति लिएको वडा अध्यक्ष नगेन्द्र खड्काले बताए । उनले  चालु आवमा २ हजार विरुवा बाड्ने योजनामा बनाएको र दशै अगाडि नै एक हजार विरुवा ल्याएर कृर्षकलाई बाड्ने बताए  । उत्पादन बर्षसँग जोडिएर काम गर्ने रणनिति वडाले लिएको वडा अध्यक्ष खड्काले बताए ।

यो वर्ष परिक्षणका लागि केहि विरुवा दिएका छौ वडा सचिव युवराज गुरागाईले भने अब आउने आवमा मेरो खालि जग्गा छ भनेर कोहि कृषक आउंँछन् भने विरुवा दखि प्राविधिक सहयोग समेत वडाले गर्छ । वडामा खेति नभई बाझा जग्गाहरु नरहुन भन्ने हाम्रो उदेश्य हो उनले भने लिचिको बजारीकरण समेत हामी गरिदिन्छौ । अहिले एक घर एक विरुवाको निति लिएर वितरण गरेको वडा कार्यालयले जनाएको छ ।
गत आवमा नै बेलबारी ४ नम्बर वडाले सुपारी जोन बनाउनका लागि केहि विरुवा वितरण गरेको थियो भने केहि १० हजार विरुवा आफै दल राखेको छ । पत्येक घरमा सुपारीका विरुवा हुर्किरहेका छन् आउदो आवमा कृषकले मागेजति विरुवा हामी आफै दिन्छौ वडा अध्यक्ष राम कुमार राईले भने सुपारी बजारसम्म पुर्याउनका लागि समेत हामी आफै सहजिकरण गरिदिन्छौ ।
एक वडा एक उत्पादन सगै प्रविधियुक्त खेतिमा नगरपालिकाले जोड दिएको मेयर ज्ञानेन्द्र सुवेदीले बताए ।