लालीगुराँस साकोसको २५ औ साधारणसभा सम्पन्न, ५९ जनाले गरे रक्तदान

  • ३ आश्विन २०७६, शुक्रबार

बेलबारी ३ स्थित लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाको रजत उत्सब तथा २५ औ साधारणसभा सम्पन्न भएको छ ।प

बेलबारी १ स्थित सांस्कृतिक भवनमा शुक्रबार भएको साधारणसभामाा संस्थाको आर्थिक प्रतिबेदन, कार्यप्रगति तथा आर्थिक वर्ष २०७६।७७ को प्रस्तावित कार्ययोजना र लेखा प्रतिवेदन प्रस्तुत तथा पारित गरिएको छ ।

साधारणसभामा दिइएको जानकारी अनुसार दुई  हजार ९ सय ४० जना सेयर सदस्य रहेकोे संस्थाको शेयर पुँजी गत असार मसान्तसम्ममा ३ करोड ९० लाख १५ हजार रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७५।७६ मा संस्थाले सम्पुर्ण खर्च कटाएर ६० लाख ६३ हजार ३ सय ८८ रुपैयाँ शुद्ध बचत गरेको सहकारीका सचिव नारायणप्रशाद आचार्यले बताए ।

बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीको प्रमुख आतिथ्य र संस्थाका अध्यक्ष दुर्गाप्रशाद गौतमको सभापतित्वमा भएको बार्षिकोत्सब कार्यक्रममा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी लगायत केहीलाई सम्मानित पनि गरिएको थियो  ।

२५ औं बार्षिकोत्सबमा ५९ जनाले गरे रक्तदान 

साधारणसभाकै अवसरमा संस्थाले शुक्रबार बिहान साधारणसभास्थलमै रक्तदान कार्यक्रम समेत  आयोजना गरेको थियो । धरानस्थित घोपा क्याम्पको प्राबिधिक सहयोगमा भएको रक्तदानमा ५९ जनाले रगतदान गरेका थिए । संस्थाले लामो समयदेखि हरेक बर्ष रक्तदान आयोजना गर्दै आएको छ ।

रक्तदान गरेको १० दिनमै दोस्रोपटक रक्तदान 

सामान्यतया एकपटक रक्तदान गरेको ब्यक्तिले तीन महिना नपुगी अर्कोपटक रक्तदान नगर्नु भन्ने गरिन्छ तर जेसिजको रक्त्दान कार्यक्रममा २०७६ भाद्र २३ गते सोमबारका दिन  रगत दिएका एक ब्यक्तिले सोमबार दोस्रोपल्ट रक्तदान गरेका छन् । त्यति छिटो  फेेेरि रक्तदान गर्नुहुन्न भन्ने भेउ नपाएका उनले रक्तदान  गर्ने बित्तिकै ती ब्यक्ति आफैले सो कुरा ओकलेका थिए ।