मिना निरौलाको अर्को आईटम गीत ‘गाह्रो छ’ सार्वजनिक

  • ४ आश्विन २०७६, शनिबार



मिना निरौलाको नयाँ आईटम गीत ‘गाह्रो छ’ सार्वजनिक भएको छ । गीतमा एलिना बास्कोटा,लोमस,सन्तोष र ह्यारी चाहललाई फिचर्ड गरीएको छ ।

गीतमा राजकुमार बगरको शब्द र संगित रहेको छ । नेपालमै पहिलो पटक बाहुबलिको भिडियो भनेर उपनाम दिईएको उक्त गीतलाई प्रज्वल राज घिमिरेले निर्देशन गरेका हुन् ।

आईटम बिटमा बनेको उक्त गीतले दर्शकको मन जित्नेमा निमार्ण पक्ष आसाबादि रहेको छ ।उक्त गीत तथा भिडियोलाई एभरेष्ट ग्यालरीले बजार व्यवस्थापन गरेको छ ।