१३ औं साधारणसभाकाे अवसरमा लालभित्ती साकोसको रक्तदान, ५१ प्रिण्ट रगत संकलन

  • १० आश्विन २०७६, शुक्रबार

बेलबारी, माेरङ/ बेलबारी २ मा रहेकाे लालभित्ती वचत तथा ऋण सहकारीले १३ औं वार्षिक साधारणसभाकाे अवसर पारेर खुल्ला रक्दान कार्यक्रम सम्पन्न गरेकाे छ ।

पूर्व पश्चिम लाेकमार्गसँगै जाेडिएकाे लालभित्ती चाेकमा  गरिएकाे रक्तदान कार्यक्रममा ५१ प्रिन्ट रगत जम्मा भएकाे छ ।

आयाेजक संस्था लालभित्ती वचत तथा ऋण सहकारीका अध्यक्ष सिताराम न्याैपानेले संस्थाकाे वार्षिक साधारणसभाकाे अवसर पारे रक्तदान गरिएकाे वताए ।

पछिल्लाे समय रगतकाे अभाव भैरहेकाे वेलामा गरिएका यस्ता रक्तदानले रगतकाे अभावलाई थाेरै भए पनि कम गर्ने आसा गरिएकाे छ ।