एपीएफलाइ २-० ले हराउँदै नरेन्द्र स्मृति क्लब क्लवस्तरीय फुटबलको सेमिफाइनलमा

  • २ कार्तिक २०७६, शनिबार

बेलबारी, मोरङ/बेलबारीमा जारी क्लवस्तरीय खुल्ला नक आउट फुटबल प्रतियोगिताको दोश्रो खेलमा नरेन्द्र स्मृति क्लव सेमिफाइनलमा प्रवेश गरेको छ ।

बेलबारी –२ लालभित्तीमा रहेको बागदेवी खेलमैदानमा  भएको दोश्रो दिनको खेलमा एपिएफ पूर्वान्चललाई २–० को अन्तरले हराउँदै नरेन्द्र स्मृति क्लव सेमिफाइनलमा प्रवेश गरेकोे हो ।

खेलको पहिलो हापमा दुवै टिमविच कडा प्रतिस्पर्धा भए पनि कुनै गोल भने हुन सकेन । शुन्य शून्यमा सकिएको पहिलो हाप दोश्रो हाप सुरु भएको २ मिनेटमै नरेन्द्र स्मृति क्लवका जर्सी नं ७ का दिवश श्रेष्ठले पहिलो गोल प्रहार गरेर खेललाई रोचकता मात्र थपेनन् उनले आफ्नो टिमलाई सेमिफाइनलमा पुग्ने ढोका पनि खोलिदिए ।

पहिलो गोल भएको ५ मिनेट पश्चात नरेन्द्र स्मृतिका जर्सी नं ७ कै दिवश श्रेष्ठले प्रहार गरेको गोल एपिएफका जर्सी नं ९ का रेवत श्रेष्ठमार्फत ठोक्किएर आत्मघाती गोल हुन पुग्यो ।

पुरै खेलअवधीभरी अनुशासशित भएर प्रस्तुत भएको एपिएफले अन्ततः शुन्यमै चित्त वुझाउनु परेको थियो । पाहुना टोली एफिएफको समर्थनमा रहेका दर्शकहरु पनि आफूलेमन पारउको टिमले कुनै गोल नगरे पछि निरास भएर घर फर्किएका थिए ।

सिंहदेवी युवा समूह बेलबारी २ लालभित्तीको आयोजनामा संचालन भइरहेको प्रतियोगिताको मूख्य उद्देश्य भनेको बागदेवी खेलमैदानको स्तरउन्नति गर्नु रहेको आयोजक संस्थाले जनाएको छ ।

शिक्षा सन्देश इ स्कुल बेलबारी २ र बालप्रतिभा इ स्कुल सुन्दरहरैंचा १० मूख्य आयोजक रहेको उक्त प्रतियोगिताको सेमिफाइन खेल कार्तिक ६ र ७ गते हुनेछ भने फाइनल खेल भने ९ गते शनिवार हुने आयोजक समितिका अध्यक्ष तिर्थबहादुर नेउपानेलो जानकारी दिएका छन ।

प्रतियोगिताको विजेता टिमले रु ५१ हजार, सिल्ड तथा प्रमाण पत्र पाउनेछन् भने उपविजेताले रु ३१ हजार सिहल्ड तथा प्रमाण पत्र पाउने छन् ।

प्रतियोगितामा नरेन्द्र स्मृति क्लवका दिवश श्रेष्ठ मेन अफद म्योच घोषित भए । आइतबार हरैंचा स्पोट क्लव सुन्दरहरैंचा र डाँगिहाट फुटवल क्लव बेलबारी प्रतिपर्धा हुने आयोजकले जनाएको छ ।