क्लवस्तरीय खुल्ला नक आउट प्रतियोगिताको सेमिफाइनलमा पुग्यो बेलबारी फुटबल क्लब पनि

  • ४ कार्तिक २०७६, सोमबार

बेलबारी, मोरङ/ बेलबारी –२ लालभित्तीमा जारी क्लवस्तरीय खुल्ला नक आउट फुटवल प्रतियोगिताको चौथो दिनको खेलमा बेलबारी फुटबल क्लव सेमिफाइनलको अन्तिम चारमा प्रवेश गरेको छ ।

सिंहदेवी युवा समूह बेलबारी २ लालभित्तीको आयोजनामा कार्तिक १ गतेदेखि संचालन भइरहेको क्लवस्तरीय खुल्ला नक आउट फुटवल प्रतियोगितामा लेटाङ फुटबल क्लवलाई १ का विरुद्द्द २ ले हराउँदै बेलबारी फुटवल क्लव सेमिफाइनलको अन्तिम चारमा प्रवेश गरेकोे हो ।

बेलबरी नगरपालिका वार्ड नं २ मा रहेको बागदेवी खेलमैदानको स्तरउन्नतिको मूख्य उद्देश्यका साथ प्रतियोगिताको संचालन गरिएको आयोजक संस्थाले जनाएको छ ।

खेल सुरु भएको १५ औँ मिनेटमा बेलबारी फुटवल क्लवका जर्सी नं १९ का मौसम सुब्बाले पहिलो गोल गरेका थिए । ० –१ को अन्तर पहिलो हाप समाप्त भएको उक्त दोश्रो हापको ६० औँ मिनेटमा बेलबारीका जर्सी न. ११ का किरण लिम्बूले अर्को गोल गरेपछि लेटाङमाथि थप दवाव सिर्जना गरेको थियो ।

० –२ को अन्तरमा खेल समाप्त हुन २ मिनेट मात्र बाँकी रहँदा लेटाङका जर्सी नं ७ का भूवन राईले एक गोल हानेर लेटाङ फुटबल क्लवलाई लज्जास्पथ हारबाट त जोगाए तर आफ्नो टिमलाई हारबाट भने जोगाउन सकेनन् । अन्तत : बेलबारी फुटबल क्लव १–२ गोल अन्तरले आफूलाई अन्तिम चारमा उभ्याउन सफल भयो ।

शिक्षा सन्देश इ स्कुल बेलबारी २ र बालप्रतिभा इ स्कुल सुन्दरहरैंचा १० मूख्य आयोजक रहेको उक्त प्रतियोगिताको सेमिफाइन खेल कार्तिक ६ र ७ गते र फाइनल खेल भने ९ गते शनिवार हुने आयोजक समितिका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक पुष्पराज भण्डारी मनोजले जानकारी दिएका छन ।

आजको प्रतियोगितामा बेलबारी फुटवल क्लवका मौसम सुब्बा मेन अफद म्योच घोषित भए ।
कार्तिक ६ गतेको सेमिफाइनल खेल केराबारी (डाँगी) फुडबल क्लव केराबारी र डाँगीहाट फुटबल क्लव बेलबारीविच हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता टिमले रु ५१ हजार, सिल्ड तथा प्रमाण पत्र पाउनेछन् भने उपविजेताले रु ३१ हजार सिहल्ड तथा प्रमाण पत्र पाउने छन् ।