डाँगीहाटलाई पराजित गर्दै क्लबस्तरीय खुल्ला नकआउट फुटबलको फाइनलमा पुग्यो केराबारी

  • ६ कार्तिक २०७६, बुधबार

बेलबारी –२ लालभित्तीमा जारी क्लवस्तरीय खुल्ला नकआउट फुटवल प्रतियोगितामा केराबारीको डाँगी फुटवल क्लव फाइनलमा प्रवेश गरेको छ ।

सिंहदेवी युवा समूह बेलबारी २ लालभित्तीको आयोजनामा कार्तिक १ गतेदेखि संचालन भइरहेको क्लवस्तरीय खुल्ला नकआउट फुडवल प्रतियोगितामा डाँगीहाट फुटबल क्लवलाई ० का विरुद्द्द १ ले हराउँदै डाँगी फुटवल क्लव केराबारी फाइनल प्रवेश गरेकोे हो ।

खेल सुरु भएको ९ औँ मिनेटमा डाँगीहाट फुटबल क्लवका जर्सी नं ९ का विरेन लिम्बूले पहिलो गोल गरेका थिए । ० –१ को अन्तरमा पहिलो हाप समाप्त भएको उक्त खेलमा दोश्रो हापमा दुबै टिमबाट कुनै गोल हुन सकेन ।

डाँगीहाटका जर्सी नं ९ नं खेलाडी शन्तोष मगरले डाँगीहाटकातर्फबा गतिलो प्रहार गरे पनि केराबारीका गोलकिपर पूर्ण चेम्जोङले त्यसलाई असफल पारिदिएका थिए ।

कुनै गोल लाउन नसकेर निरास भएकै बेलबामा दोश्रोहास सकिन २ मिनेट बाँकी रहँदा डाँगीहाटका जर्सी १० का शंकर राईले पहेलो कार्ड पाए पछि गाँगीहाट झनै निरास भएको थियो ।

अन्ततः कुनै पनि गोल नभए पछि विरेन लिम्बूको पहिलो गोलले डाँगी फुटवल क्लवलाई फाइनलमा प्रवेस गर्न बाटो खुलेको हो ।

शिक्षा सन्देश इ स्कुल बेलबारी २, लालभित्ती र बालप्रतिभा इ स्कुल सुन्दरहरैंचा १० प्रायाेजक रहेको उक्त प्रतियोगिताको फाइनल खेल ९ गते शनिबार हुने आयोजक समितिका तिर्थबहादुर नेउपानेले जानकारी दिए।

आजको प्रतियोगितामा केराबारी डाँगी फुटवल क्लवका विरेन लिम्बू मेन अफद म्योच घोषित भए ।

कार्तिक ७ गतेको सेमिफाइनल खेल नरेन्द्र स्मृति क्लव र बेलबारी फुटबल क्लव बेलबारीविच हुने आयोजकले जनाएको छ ।

बेलबरी नगरपालिका वार्ड नं २ मा रहेको बागदेवी खेलमैदानको स्तरउन्नतिको मूख्य उद्देश्यकासाथ प्रतियोगिता संचालन गरिएको आयोजक संस्थाले जनाएको छ ।

प्रतियोगिताको विजेता टिमले रु ५१ हजार, सिल्ड तथा प्रमाण पत्र पाउनेछन् ।