केराबारीका युवाले गरे यस्तो काम, जसबाट सत्तारुढ र प्रतिपक्षी दलहरूले पनि सिक्नुपर्छ

  • १२ कार्तिक २०७६, मंगलवार

  नेपाल तरुण दल र राष्टिय युवासंघको लोगो अंकित टि सर्ट लगाएर सयभन्दा बढी युवा तथा वयस्कहरु सहभागी भए  । एक पछि अर्को गर्दै कार्यक्रममा सबैजना सामेल त भए । 

नेपाल तरुण दल र राष्टिय युवासंघको संयुक्त आयोजनामा  मोरङको केराबारीमा तिहारको पुर्व सन्ध्यामा फेस्टिबल फन रन केराबारी कार्यक्रम सम्पन्न भयो । जसले सत्तारुढ र प्रतिपक्षी दलबीच भाइचारा र सहकार्यको सन्देश दिइरहेको थियो ।

केराबारीको मच्छिन्द्र चोकबाट सूरु भएको म्याराथुन दौड केराबारी १० को बगैचा हुँदै पुन मच्छिन्द्र चोकमा आएर टुंगिएको थियो । प्रतियोगितामा ११ वर्षका बालकदेखि ६१ वर्षका वृद्धसम्मले सहभागिता जनाएका थिए ।

 सातओटा उमेर समुहमा भएको सो प्रतियोगितामा १५ देखि ३० उमेर समुहको पुरुष म्याराथुनमा यांगदेव राई र महिला तर्फ तर्फ सञ्जु तामांग प्रथम भएका छन् ।

त्यसैगरी ३१ देखि ४० उमेर समुहको पुरुष तर्फ युगेन सुब्बा र महिला तर्फ भावना मगर प्रथम भएका छन् । ४१ देखि ५० उमेर समुहको पुरुष तर्फ राजमान लिम्बु र महिलामा सरीता खत्री प्रथम भएका छन् । ५१ वर्षदेखि माथीका उमेर समुहमा केराबारी १० का टंक वस्नेत प्रथम भएका छन् ।

प्रथम हुने सवैलाई जनही दुई दुई हजार नगद प्रदान गरिनुका साथै फिटनेस एरिना केराबारी ८ को तर्फबाट २ महिनाको शारिरीक व्यायाम सम्बन्धी प्याकेज उपलब्ध गराउने राष्टिय युवासंघ नेपाल केराबारीका अध्यक्ष विवेक भूजेलले बताए ।

बिजेताहरुलाई केराबारी गाउँपालिकाका अध्यक्ष रोहितवहादुर कार्की र राष्टिय युवासंघ नेपालका केन्द्रिय सदस्य खगेन्द्र सूवेदीले पुरस्कार प्रदान गर्दै यस्ता कार्यक्रमले सामाजिक सद्भाव संगै युवाहरुमा सृजनात्मक चिन्तनको विकास हुने बताए ।  समापन कार्यक्रम नेपाल तरुण दल केराबारीका अध्यक्ष पप्पु साहको सभापतित्वमा भएको थियो ।