सिंहदेवी युवा समुहद्वारा क्लवस्तरीय फुटबल प्रतियाेगिताकाे खर्च सार्वजनिक

  • २३ कार्तिक २०७६, शनिबार

माेरङ बेलबारी – २, लालभित्तीमा रहेको सिंहदेवी युवा समूहले आयोजना गरेको क्लवस्तरीय खुल्ला नकआउट फुटवल प्रतियाेगिताकाे खर्च सार्वजनिक गरिएको छ ।

बेलबारी २ सिंहदेवी हाईटमा रहेकाे आफ्नै कार्यालयमा  पत्रकार सम्मेलन गरेर असाेज १ देखि ९ सम्म संचालन भएको खुल्ला नकआउट प्रतियाेगिताकाे आम्दानी र खर्च सार्वजनिक गरिएको हो ।

प्रतियाेगिता संचालनबाट ६ लाख ६८ हजार ४ सय ३० रुपैयाँ आम्दानी भएकाे थियाे । उठेकाे रकमबाट प्राविधिक र अन्य खर्च कटाएर ७० हजार वाँकी रहेको र सो रकम बागदेवी खेलमैदानकाे स्तरउन्नतिमा खर्च गर्ने आयाेजकले जनाएकाे छ ।२०५४ सालमा स्थापना भएकाे यश संस्थाले विविध कार्यक्रम गर्दै आएकाे छ ।

बागदेवी खेलमैदानको स्तरोन्नती कार्यमा सहयोग जुटाउन पहल भइरहेको र यसबारे बेलबारी नगरपालिकाबाट पनि  सहयोगको आश्वासन पाएको क्ललका अध्यक्ष तिर्थबहादुर नेउपानेले बताए । बागदेवी खेलमैदानको आकार विस्तार गर्दै, बारबेरा गर्ने, दर्शक बस्ने स्थल बनाउने र सँगसँगै अन्य खेलहरु पनि सञ्चालन गर्न सकिने आकार र संरचना निर्माण गर्ने दिर्घकालिन योजनाका साथ आफूहरु अघि बढिरहेको अध्यक्ष न्यौपानेले बताए ।

क्लबका सचिव विश्वनाथ निरौलाले प्रतियाेगिता मनाेरन्जनका लागि मात्र नभएर बागदेवी खेलमैदानकाे स्तरउन्नतिका लागि संचालन गरिएको र आफुहरु यसमा सफल पनि भएकाे बताए ।

क्लब स्तरीय फुटबलको मुख्य प्रायाेजन गर्ने शिक्षा सन्देश ई स्कुलका प्रिन्सिपल राजेश खत्रीले खर्च सार्वजनिक गर्नु राम्राे कदम रहेकाे र अरुले पनि यसकाे अनुसरण गर्नुपर्ने वताए ।

बेलबारी नगरकार्यपालिका सदस्य खिना थापाले व्यवस्थित तथा अनुशासित रुपमा प्रतियाेगिता सम्पन्न गरेकाेमा आयाेजकलाई धन्यवाद दिइन् ।

आयव्यय सार्वजनिक कार्यक्रममा समुहका अन्य पदाधीकारी,सदस्य, सल्लाहकार, दाता संस्थाहरु प्रतिनिधि लगायत स्थानियको पनि उपस्थिति थियो ।