संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षमा नेकपाका तेजबहादुर पोखरेल बिजयी

  • १५ मंसिर २०७६, आईतवार

संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षमा नेकपाका तेजबहादुर पोखरेल विजयी भएका छन् ।

नेपाली कांग्रेसका विमन पराजुलीलाई ८०२ मतले पराजित गर्दै पोखरेल अध्यक्षमा बिजयी भएका हुन् ।

मत परिणाम अनुसार नेकपाका तेजबहादुर पोखरेल ३ हजार १८ मतसहित विजयी भए ।  कांग्रेसका पराजुलीले २ हजार २१६ मत प्राप्त गरेका थिए  ।

 यसअघि पनि नेकपा एमालेले जितेको मकालु  गाउँपालिकाका अध्यक्ष खड्ग कटुवालको दुर्घटनामा निधन भएको थियो ।