बागदेवी सामुदायिक वनको ११ औं साधारणसभा सम्पन्न, फणिन्द्र थापाकै नेतृत्वमा बन्यो नयाँ समिति

  • १९ मंसिर २०७६, बिहीबार

बेलबारी २ लालभित्तीमा रहेकाे बागदेवी सामुदायिक वन को ११ औं साधारणसभाले फणिन्द्रबहादुर थापाकाे अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

नव निर्वाचित उपाध्यक्षमा रामचन्द्र भट्टराई, सचिव भीमकुमारी मगर सहसचिव भूवन कार्की, काेषाध्यक्ष दिलकुमारी नेङ्वाङ निर्वाचित भएका छन । नव निर्वाचित समितिका सदस्यहरुमा अमर बहादुर लिम्बू (भुपिन), सुरेन्द्र बहादुर बस्नेत, रमेस श्रेष्ठ, माधबराज निरौला, टिकादेबी सुनुवार, सीता सुवेदी पोख्रेल  छन् ।
साथै शिबकुमार रुपाखेतीकाे संयोजकत्वमा तीन सदस्यी लेखा समिति र उत्तम पाेखरेलकाे संयाेजकत्वमा तीन सदस्यीय अनुगमन समितिकाे निर्माण भएकाे छ ।

वनकै सभाहलमा बुधबार भएको साधारणसभाकाे उद्घाटन जिल्ला जिल्ला डिभिजन वन कार्यालय माेरङका प्रमुख विशाल घिमिरेले गरेका थिए । साधारणसभामा कार्यसमितिकाे तर्फबाट सचिव भिमा मगरले संस्थाकाे प्रगति प्रतिवेदन, काेषाध्यक्ष रामबहादुर थापाले आर्थिक प्रतिवेदन र लेखा समितिका संयाेजक शिवकुमार रुपाखतिले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई संवाेधन गर्दै प्रमुख अतिथि डिभिजन वन कार्यालयका डिभिजन वन अधिकृत विशाल घिमिरेले अब सामसदायिक वनहरुले पर्यापर्यटनकाे विकासमा ध्यान दिनु कुरामा जाेडदिँदै बागदेविले संचालन गरेकाे पर्यापर्यटन सम्बन्धी याेजनालाई अगाडि वढाइ रहेकाेमा खुसी व्यक्त गर्दै साे कार्यलाई आफू र आफ्नाे कार्यलयले सहयाेग गर्ने वताए ।

साथै प्रमुख अतिथि घिमिरेले वनपैदावरलाई वितरण न्यायमूखी हुनुपर्नेमा जाेड दिए । सामुदायिक वनले वनपैदावर उपयाेग याेजना वनाउनु पर्नेमा जाेडदिए ।

बेलबारी नगरपालिका वार्ड नं २ का अध्यक्ष घनश्याम गाैतमले वन्ने नयाँ कार्यसमितप्रति लक्षित गर्दै साधारणसभाले सक्षम पदाधिकारीकाे चयनमा ध्यान दिनु पर्ने वताए ।

साे अवसरमा फेकाेफाेन बेलबारीका देविप्रसाद सुवेदी, रमिते सामुदायिकका राजु परियार, शिक्षा सन्देश शैक्षिक प्रतिष्ठानका लक्ष्मणजङ्ग थापा, रमिते सामसदायिक वनका राजु परियार आदिले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा बेलबारी नगरपालिका वार्ड नं २ का अध्यक्ष घनश्याम गाैतम, बेलबारी नगरकार्यपालिका सदस्य खिना थापा, वन महासङ्ग बेलबारीका अध्यक्ष देविप्रसाद सुवेदी, शिक्षा सन्देश शैक्षिक प्रतिष्ठानका अध्यक्ष लक्ष्मणजङ्ग थापा लगायतकाे आतिथ्यता रहेकाे थियाे ।

बागदेवि सामुदायिक वनका अध्यक्ष फणिन्द्रबहादुर थापाकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे संचालन सचिव भीमा मगरकाे रहेकाे थियाे ।